1Shares

पोखरा । नेपाल भारत मैत्री संघको आठौं केन्द्रिय मैत्री सभा पोखरामा हुने भएको छ । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ संघले पोखरामा केन्द्रिय सभाको आयोजना गर्न लागेको हो । पोखरामा आयोजना गर्न लागेको सभाको बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका कार्यवहाक अध्यक्ष शैलेन्द्र मोहन झाले उक्त सभामा भारतीय राजदुतको टिम नै पोखरा आउने कार्यक्रम रहेको बताए । उनका अनुसार भारतीय दुतावास नविन श्रीवास्तव सहितको ठूलो टोली पोखरा आउनेछन । संघले नेपाल र भारत एक अर्काको देशमा रहेका नागरिकको हकहितका लागि काम गर्दै आइरहेको जानकारी समेत दिएका छन । उनले नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागि भारतीय सरकारसंग पटकपटक पहल गर्दै आइरहेको र भविष्यमा पनि उक्त विषयलाइ प्राथमिकताका साथमा अघि बढाउने बताए । भारतको ४ वटा प्रदेशले मुक्तिनाथ क्षेत्र भ्रमणका लागि जाने आफ्ना नागरिकलाइ प्रति नागरिक २० हजार भारु दिदैँ आइरहेको र अब २६ प्रदेशमै उक्त योजना लागु गराउनका लागि आफुहरु लागिपरेको उनको भनाइ छ । उनले दैनिक जसो नेपालमा १० हजार बढी पर्यटक आउने गरेको बताउँदै आठौँ केन्द्रिय मैत्री सभामा समेत कसरी यहाँको पर्यटन विकासमा काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने तयारी भइरहेको स्पष्ट पारे । भारतमा रहेका तिर्थधामहरुको दर्शन गरेर मात्रै नपुग्ने र पापबाट मुक्ति पाउनका मुक्तिनाथको दर्शन गर्नै पर्ने भनि हिन्दु धर्ममा उल्लेख भएअनुसार भारतबाट मुक्ति क्षेत्रमा जानका लागि सयौँ पर्यटक आउने गरेको बताए । मुक्तिक्षेत्र जाने मुख्य द्धार पोखरा भएकाले पोखरा अति नै महत्वपूर्ण स्थान रहेको बताए । ‘भारतमा रहेका धामहरुको दर्शन गरेर मात्रै पुग्दैन । मुक्तिनाथको दर्शन नगरेसम्म मुक्ति पाइदैन भन्ने विश्वास छ । त्यसैले पोखरा हुँदै मुक्तिनाथ जानुपर्ने हुन्छ’ उनले भने ।
सोही क्रममा बोल्दै नेपाल भारत मैत्री संघ गण्डकीका अध्यक्ष ऋषिराम सापकोटाले भारतीय राजदुतलाइ पोखराको भ्रमण गराउने कार्यक्रम रहेको बताए । उनले पश्चिमाञ्चल क्षेत्रकै सबैभन्दा ठूलो पृथ्वीनारायण क्याम्पसमा भारतबाट समेत ठूलो मात्रामा विद्यार्थीहरु विज्ञान पढ्नकै लागि आउने गरेका कारण क्याम्पसको भ्रमण गराउने बताए ।
सभाका लागि भदौ ३१ गतेसम्म ३ सयभन्दा बढी प्रतिनिधि पोखरा आउनेछन् । असोज १ गते हुने सभामा खुल्ला सत्रपछि बन्द सत्र हुनेछ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected