पोखरा, १ असोज । नेपाल भारत मैत्री संघको केन्द्रीय बार्षिक सभा पोखरामा सम्पन्न भएको छ । शनिबार सम्पन्न सभाकोगण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले उदघाटन गरेका थिए ।
सभामा उद्घाटन मन्तव्य राख्दै मुख्य मन्त्री पोखरेलले सदियौदेखि नेपाल भारतबीच एक आपसमा अपनत्व रहँदैआएको बताए । उनले नेपाललाई निर्वाध रुपमा निरन्तर सहयोग गर्दै आएकोमा भारत सरकारप्रति आभारव्यक्त पनि गरे । उनले नेपाल भारत मैत्री संघले यसलाई निरन्तरता दिन पुलको भूमिका निभाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा संस्थाका अध्यक्ष एवं प्रदेश १ सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगी, गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री मणिभद्र कँडेल, मधेश प्रदेश सरकारका अर्थ मन्त्रीशैलेन्द्र प्रसाद शाह लगाएतले दुई देश विचको सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक सम्बन्धलाईजनस्तरमा पुर्रयाई सम्बन्धलाई सुदृढ़ बनाउन पर्नेमा जोड़ दिएका थिए।
केन्द्रीय कार्यावाहक अध्यक्ष ई. शैलेन्द्र मोहन झाको सभापत्विमा सम्पन्न सो सभामा भारतीय राजदुतावासकाप्रथम सचिव नविन कुमार, भारतीय जनता पाटीका दिल्ली प्रदेशका प्रवक्ता शिव वर्धन, नेपाल भारत मैत्री संघबरिष्ठ उपाध्यक्ष तुलबहादुर साउद, उपाध्यक्ष सुष्मा शर्मा, सल्लाहकार हरिराम पौडेल, केन्द्रीय उपाध्यक्ष एवंगण्डकी प्रदेशका अध्यक्ष ऋषि सापकोटा लगायतले नेपाल भारतबीचको सम्बन्धलाई सधैं प्रगाढ बनाईराख्नुपर्नेमा जोड दिदै मैत्री संघले नेपाल र भारतको सम्बन्धमा थप प्रगाढता ल्याउन काम गर्दै आएको जानकारीपनि दिएका थिए ।
सो सभामा संघको बार्षिक प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन एवं बिधान मस्यौदा प्रस्तुत गरिएको थियो ।सो सभामा विभिन्न जिल्ला शाखा, उपशाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सभामा नेपाल र भारतबाट गरी ३ सय सहभागीको उपस्थिति रहेको थियो । पोखराको पर्यटन प्रबद्र्धनमासघाउने मुख्य उद्देश्यका साथ सभालाई पोखरामा आयोजना गरिएको संघका महासचिव बोधकृष्ण सुवेदीलेबताए ।
सभामा अध्यक्ष, महासचिव र कोषाध्यक्षका प्रतिवेदन प्रस्तुत हुनुका साथै पोखराको पर्यटनबारे समेत चर्चागरेका थिए ।
मैत्री संघले नेपालका विभिन्न जिल्लामा कोभिड १९, भुकम्प र बाढी पहिरोजस्ता समस्याका वेला राहत रसहयोग प्रदान गर्दै आएको जानकारी संघका केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेशका अध्यक्ष बासुदेव रिमाललेजानकारी दिए ।
कार्यक्रममा गत स्थानीय तह निर्वाचनमा निर्वाचित संघका सदस्यहरू प्रमुख, उपप्रमुख, वडाध्यक्ष एवं नेपालसरकारद्वारा महत्वपूर्ण पदमा नियुक्ति भएकालाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि लगाएतकालेसम्मान गरेका थिए । उपस्थित प्रमुख अतिथि, अतिथि एवं सहभागी सम्पूर्णको स्वागत एवं सम्मानका लागिबटुकहरूद्वारा वेद मन्त्र वाचन गरिएको थियो ।