पोखरा, ३ आश्विन । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राजमी प्रसाद बराल जीवनले अहिलेको अबस्थामा पोखराको शुन्दरतालाई बचाउन नसकिने बताएका छन् । स्वरोजगार निर्माण व्यवसायी समिति कास्कीले सोमबार पोखरामा आयोजना भएको त्रैमासिक भेला तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री बरालले पोखराको शुन्दरता बनाउन केही हठोट गर्नुपर्ने अन्यथा अहिलेको अबस्थामा पोखराको शुन्दरता बचाउन नसकिने बताएका हुन् ।
पोखराका धेरै सार्वजनिक जग्गा अतिक्रमणमा परेको मन्त्री बरालले बताए । उनले भने“ पोखरा एउटा ताल नगरी हो तर यहाँका ताल तलैयाहरु हामीले बचाउन सकिएको छैन, तालहरु अतिक्रमणको चपेटामा परेका छन्, हाम्रा टोल टोलमा रहेका सार्वजनिक जग्गामा हाल भवनहरु निर्माण भएका छन, युवा पुस्तालाई खेल्नको लागि खेल मैदानहरु पाउन मुस्किन भएको छ ।” पोखरा सहित नेपालमै दक्ष जनशक्ति अभावमा दिगो विकास हुन नसकेको बताउदै मन्त्री बरालले अब यसमा समाजका केही सचेत बर्ग र प्राविधिहरुले अब समाज र राष्ट्र राम्रो बनाउन अठोट गर्नुपर्ने जनाए । संविधान दीवसको शुभकामन दिदै मन्त्री बरालले राजनीतिक अधिकार प्राप्त गरे पनि अझै आम नागरिकहरुले संविधानको मर्म र भावना अुनसार जनताको जीवनस्तरमा सुधार गर्न नसकिएको उल्लेख गरे ।
सिप युक्त स्वरोजगारले बैदेशीक रोजगार र बेरोजगारको समस्यालाई अन्त्य गर्न मद्धत पुग्ने उनको भनाई थियो । नागरिक सक्षम बन्दै स्वजरोजगार हुनु आजको आवश्यकता भएको मन्त्री बरालको भनाई थियो । स्वरोजगाका क्षेत्रहरु धेरै भएको बताउदै मन्त्री बरालले श्रम शक्तिलाई कसरी व्यबस्थित गर्ने अर्को चुनौती रहेको उल्लेख गरे । आत्मनिर्भर हुदै गएको अबस्थामा नयाँ कुराको खोजी हुने भित्रैबाट सन्तुष्टि प्राप्त हुने उनको भनाई थियो ।
यसैबिच कार्यक्रममा पोखरा १४ का वडा अध्यक्ष बोधराज कार्कीले पोखराको शुन्दरता बचाउन महानगरले मापदण्ड विपरित निर्माण भएका घर तथा भवनहरुको महानगरले अबस्था हेरी ३ गुणा राजश्व अशुल गरी अध्यावधिक गर्न खोजेको बताए । संस्थाका प्रविधिक सल्लाहकार ई.एम. थापाले पोखरामा करिब ९० प्रतिशत ईन्जिनियर विना घर तथा भवनहरु निर्माण भएको दाबी गरे ।
समितिका अध्यक्ष रमेश सि.के.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी निर्माण समन्वय प्रा.लि.(आरएमसी) का अध्यक्ष रामजी सिके, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बन्जरा, लेखनाथ निर्माण व्यवसायी समितिका उपाध्यक्ष भिम नेपाली, श्रम निर्माण समितिका सल्लाहकार तिर्थराज मगर, उपाध्यक्ष दल बहादुर राई, सचिल डिल बहादुर गुरुङ लगायतले वोलेका थिए ।
अहिलेको अबस्थामा पोखराको शुन्दरता बचाउन नसकिने : मन्त्री बराल