0Shares

काठमांडौं । नेपाली कांग्रेसले घोषणा पत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियारलाई तोकेको छ । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उक्त समितिको प्रवक्तामा परियारलाई तोकेको हो ।

आज (बिहीबार) बसेको प्रथम बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरेबमोजिम पार्टीका सहमहामन्त्री जीवन परियारलाई घोषणा पत्र तयारी समितिको प्रवक्ता तोकिएको कांग्रेसले जानकारी दिएको छ ।

कांग्रेसले कुनै पनि सञ्चार माध्यमका पत्रकारहरुलाई आवश्यक सूचना एवं विविध विषयमा क्रमशः तय हुने अवधारणाका लागि परियारलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected