पोखरा । कालिका बहुमुखी क्याम्पस काजिपोखरीमा शुक्रबारदेखि फुटसल प्रतियोगिता सुरु भएको छ । विद्यार्थीहरुको शारीरिक एवम् मानसिक विकास गर्ने उदेश्यले क्याम्पसले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा १७ समुहको सहभागीता रहेको क्यम्पसका अतिरिक्त कृयाकलाप प्रमुख शिसिर ज्ञवालीले जानकारी दिए ।
क्याम्पस व्यवस्थापन समितिका सदस्य एवम् १४ नम्बर वडाका वडाध्यक्ष बोधबहादुर कार्की, क्याम्पस प्रमुख बिरन्जि गौतम, निवर्तमान क्यम्पस प्रमुख रबिन्द्र बास्तोलाले खेलाडीलाइ बल हस्तान्तरण गरेर प्रतियोगिताको उदघाटन गरेका हुन । सो क्रममा आफ्नो भनाइ राख्दै कार्कीले खेलकुद्ले विद्यार्थीलाइ अनुशासनमा राख्ने बताए ।
क्याम्पस प्रमुख गौतमले बिद्यार्थीलाइ पठनपाठनको साथै खेलकुदको समेत आश्यकता पर्ने भएको उल्लेख गर्दै खेलकुदले विद्यार्थीको मनसिक विकासमा सहयोग पुग्ने बताए ।
प्रतियोगिताको उदघाटन कार्यक्रममा सहायक क्याम्पस प्रमुखहरु युवराज गुरुङ, शालिकराम तिमिल्सिना, क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी लगाएतको सहभागिता थियो । कार्यक्रममा विद्यार्थीहरु मुस्कान थापा, अस्मिता थापा लगायतले बोलेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समुहलाइ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्याम्पस प्रमुख गौतमले जानकारी दिए ।
प्रतियोगिता शनिबार समापन हुने छ ।
कालिका बहुमुखी क्याम्पसमा फ़ुटसल