2Shares

पोखरा, १० असोज । ढुङ्गेसाँघु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं साधारण सभा सम्पन्न भएको

सोमवार होटल जलमहल घारीपाटन पोखरामा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीको प्रमख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो

प्रमुख अतिथि तिवारीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको बताउनु भएको उहाँले सहकारी भनेको सहकार्य रहेको बताउदैं संस्था संचालनमा संचालक, शेयर सदस्य तथा कर्मचारीहरु सबै मिलेर सहकारीको उद्देश्य अनुरूप कार्य गर्दै सदस्यहरुको आर्थिक, सामाजीक तथा सांस्कृतिक परिवर्तन गर्नुपर्ने बताउनु भयो  जिल्ला सहकारी संघ कास्कीका निवर्तमान अध्यक्ष समेत रहनु भएका तिवारीले सहकारीमा सुशासन आफैले कायम गर्नु पर्नेमा जोड दिदै सहकारीमा सुशासन की छैन भन्ने कुरा संस्थाले प्रदान गरेको सेवाबाट थाह हुने विचार व्यक्त गर्नुभयो

संस्थाका अध्यक्ष अमृत भण्डारीले संस्थाको आर्थिक कारोवार भावी लक्ष्यबारे जानकारी गराँउदै शेयर सदस्यहरुलाई सहकारी शिक्षा, सूचना तालिमको माध्यमबाट वित्तिय परामर्श सेवा प्रदान गरि जागरण ल्याउन चेतनाको वृद्धिको लागि प्रतिवद्ध रहेको कुरा जानकारी गराउनु भएको थियो

संस्थामा हालसम्म ५६३ शेयर सदस्य, करोड ५९ लाख ६१ हजार सय शेयरपूँजी, २३ करोड ४९ लाख ५०हजार ४०५ निक्षेप संकलन गरेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको

साधारणसभामा संस्थाका अध्यक्ष अमृत भण्डारीले संस्थाको प्रगति प्रतिवेदन, सचिव पदमराज भण्डारीले सचिवको प्रतिवेदन, कोषाध्यक्ष मानदेव मानन्धरले आर्थिक प्रतिवेदन लेखा समितिको प्रतिवेदन संयोजक नारायण भण्डारीले प्रस्तुत गर्नु भएको थियो  

कार्यक्रममा जेष्ठ शेयर सदस्य, सहकारीमा राम्रो कारोबार गर्ने असल बचत कर्ता, असल कारोवार, उत्कृष्ट कर्मचारी स्नातक तह उत्तीर्ण गर्ने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो

कार्यक्रममा संस्थाका शेयर सदस्य शिवराम भण्डारी गत स्थानीय तह निर्वाचनमा वड़ा नं १७ को वडा सदस्यमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो

संस्थाका अध्यक्ष अमृत भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदा शिवजी हरिहर मन्दिरका अध्यक्ष नागेन्द्र शर्मा, शेयर सदस्य बेदनाथ भण्डारी, संस्थापक अध्यक्ष लेखनाथ भण्डारी, निवर्तमान अध्यक्ष बैकुण्ठ भण्डारी, संस्थाका उपाध्यक्ष नेत्रलाल भण्डारी, सचिव पदमलाल भण्डारीले आफ्ना भनाई राख्नु भएको थियो 

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected