लायन्स डिष्ट्रिक्ट ३२५ आईद्वारा चाडवाड लक्षित शुभकामना आदान प्रदान सम्पन्न

पोखरा, ११ असोज । वडा दशैं, शुभ दीपावली, नेपाल सम्मत् तथा छठ पर्वको अवसर पारेर लायन्सले सोमवार पोखरामा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी र धवलागिरी क्षेत्रका लायन्स लिड़रहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल र डिष्ट्रिक्ट फस्ट लेडी भावना बसेलले उपस्थित लायन्स लिड़रहरूलाई टिका लगाईदिनु भई आशीर्वाद प्रदान गर्नु भएको थियो ।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट को–अर्डिनेटर सुरेन्द्रमान सिं भण्डारीको अध्यक्षता एवं डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलको प्रमुख आथित्यतामा आयोजीत कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार के सी, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, डिष्ट्रिक्ट चिफ युवराज खनाल, रिजन चेयरपर्सन प्रेम प्रसाद दाहाल र मोहनराज पौडेल, जोन चेयरपर्सन मणिप्रसाद डुम्रे र कल्पना गुरूङ, लायन्स क्लब अफ पोखरा सेवेन लेकसिटीका अध्यक्ष गोविन्द लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले लायन्सले सामाजिक कार्यसंगै धर्म संस्कृतिको संरक्षणमा समेत टेवा पुर्याउँदै आएको बताउनु भयो । उहाँले विकृतिको अन्त्य गर्दै चाडपर्व मनाउनु पर्नेमा जोड़ दिनु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै अधिकांश बक्ताहरूले शुभकामना आदानप्रदान कार्यक्रमले चाडपर्वको महत्व बढ्ने बताउदै धर्म, संस्कृति, रितिरिवाजलाई बिर्सन नहुने कुरामा जोड दिनु भएको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी हरिराज पन्तले जानकारी दिनु भयो ।