पोखरा, ११ असोज । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर मुल थलो भएका बरेली पौडेलहरूको कुलपूजा आगामी मङ्सिर २२ गते धान्य पूणर्िमाका दिन हुने भएको छ ।
कुलपूजा लगायतमा छलफल गर्न आज बरमाझथरको सिलिङ्गेमा आयोजित बृहत भेलामा कुलपूजालाई प्रभावकारी रुपमा सम्पन्न गर्ने लगायतका विभिन्न विषयमा छलफल गरी निणर्यहरू गरिएको बरेली पौडेल बंशावली तथा कुलपूजा व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कुलपूजाको सूचना तथा प्रचारप्रसारका लागि वासुदेव पौडेलको संयोजकत्वमा डण्डपाणि पौडेल र दामोदर पाध्या पौडेल सदस्य रहनुभएको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
बैठकले बरेली पौडेल बंशावली तथा कुलपूजा व्यवस्थापन समितिको नाम संशोधन गरी बरेली पौडेल बंश तथा कुलपूजा व्यवस्थापन समिति राख्ने निणर्य गरेको छ ।
अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षता एवम् सचिव कमलप्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत कोषाध्यक्ष शान्ति पाध्याले गर्नुभएको थियो । भेलामा सल्लाहकारहरू सोमनाथ पौडेल, चर्तुभुज शर्मा पौडेल, तिलकराम पौडेल, गुरुप्रसाद पौडेल, शंकरप्रसाद पौडेल, रामनाथ पौडेल लगायतले बोल्नुभएको थियो ।
भेलामा आगामी दिनमा कुल मन्दिरको दीर्घकालीन व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो ।
बरेली पौडेलको कुलपूजा मङ्सिर २२ गते