74Shares

पोखरा, १२ असोज । पोखराको गणेश टोल स्थित फेवा बोर्डिङ स्कुलले बुधबार बिद्यालयमा आखा शिविरको आयोजना गर्‍यो । बिद्यार्थीको आखा परिक्षण गर्ने उदेश्यले बिद्यालयले शिविरको आयोजना गरेको हो ।
शिविरमा चार सय पचास जना बिद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकको आखा परिक्षण गरिएको थियो । हिमालयन आखा अस्पताल घारिपाटनको प्राविधिक सयोगमा आयोजना गरिएको उक्त शिविरको बिद्यालयका प्राचार्य अचुत पाण्डेले शुभारम्भ गरेका हुन् । गुणस्तरीय शिक्षाका लागि बिद्यार्थी स्वस्थ हुनुपर्छ भन्ने मन्यता अनुरुप बिद्यालयले आखा शिविरको आयोजना गरिएको प्राचार्य पाण्डेले बताए । उनने हरेक चार-चार महिनामा बिद्यालयले स्वास्थ्य शिविरको आयोजना गर्ने उल्लेख गरे ।
आखामा समस्या देखिएका बिद्यार्थीहरुको थप उपचार हिमालयन आखा अस्पतालमा गरिने र यसका लागि अस्पतालमा सम्पर्क गर्न सुझाव दिएको छ । शिविर सम्पन्न गर्न शिक्षक, कर्मचारीले सहयोग गरेका थिए ।

74Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected