पोखरा । लायन्स क्लब अफ पोखरा बाराही टाउनले आफ्नो स्थापनाको चौंथो बर्ष (चार्टर डे) विविध कार्यक्रम सहित मनाएको छ । असोज ९ गते आइतवार चार्टर डे को दिन क्लवले पोखरा महानगरपालिका–२३, ठुलाखेत स्थित श्री शिद्दी आधारभुत बिधालयमा अध्ययनरत २० जना बिधार्थीहरूलाई बिधालय पोशाक, झोला, ट्रयाकसुट, टि सर्ट र स्टेशनरी वितरण गरेको क्लबका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक चन्द्र नगरकोटीले जानकारी दिनु भयो ।
क्लबका अध्यक्ष गङ्गा केसी शर्माको अध्यक्षता डिष्ट्रिक्ट ३२५ आई नेपालका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका सिनियर लिडर पवित्रराज तिवारी, शान्ता थापा, अमृत शोभा खत्री, अमृतप्रसाद तिवारी, मोहनराज पौडेल, क्लबका संस्थापक अध्यक्ष एवं कृष्णा श्रेष्ठ (रोजी) क्लबका संस्थापक सदस्य लगाएतको उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथि ढुङगानाले क्लबका अध्यक्ष गङ्गा केसी शर्मा, क्लबका संस्थापक अध्यक्ष कृष्णा श्रेष्ठ (रोजी), पूर्व अध्यक्ष आरती अधिकारी, सुकमाया गुरूङलाई क्लब स्थापनाकाल देख़ि आजको दिनसम्म ल्याई पुर्रयाउन खेलेको भूमिकाको उच्च सम्मान गर्दै सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै ढुङगानाले क्लवले छोटो समयमा गरेको प्रगतिबाट निकै खुशी लागेको बताउनु भएको छ । उहाँले लायन्स आफैमा महत्त्वपूर्ण संस्था रहेकाले यसको गरिमा जोगाई राख्न र सामाजिक सेवा भावलाइ अझै उचाइमा लैजान आग्रह समेत गर्नु भएको थियो ।
संस्थापक अध्यक्ष श्रेष्ठले उपास्थित सम्पूर्णलाई धन्यवाद दिदै स्थापना डे को दिनमा सेवाका कार्य गरी मनाउन पाएकोमा गर्व महशुष गरेको भनाई व्यक्त गर्नु भएको थियो ।