2Shares

पोखरा, १३ असोज । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको जोन ६  को पहिलो एडभाइजरी (जोन) बैठक सम्पन्न भएको छ । विहिबार पोखराको न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरमा डिष्ट्रिक ३२५ आई को रिजन ३ अन्तरगतको जोन ६ का जोन चियर पर्सन शोभा अधिकारी पौडेलको अध्यक्षतामा जोन बैठक सम्पन्न भएको हो ।
बैठकमा लायन्स क्लव अफ पोखरा ग्लोवल लेक सिटी, पोखरा पिस सिटी, पोखरा पिस टाउन र पोखरा देउरालीका क्लब अध्यक्ष एवं पदाधिकारीसहितको उपस्थितमा भएको बैठकमा अध्यक्ष लगायतका पदाधिकारीहरुले लायन बर्ष सन २०२२।०२३ मा क्लवकातर्फबाट सम्पादन गरेका कार्यक्रम र आगामी दिनमा सम्पादन गर्ने कार्यका वारेमा जानकारी गराउनु भएको थियो ।
बैठकमा ४ वटै क्लबका अध्यक्षहरु पोखरा ग्लोवल लेक सिटीका सन्तोष अर्याल, पोखरा पिस सिटीका हरिप्रसाद अधिकारी, पोखरा पिस टाउनका सिता तिमिल्सीना सुवेदी र पोखरा देउरालीका लोकनाथ अधिकारीले क्लवले हालसम्म सम्पादन गरेका कार्य र बाँकी रहेका बार्षिक कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको छ ।
बैठकमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका इभालुसन डिष्ट्रिक्ट को–अर्डिनेटर पवित्रराज तिवारी, जिएमटी डिष्ट्रिक्ट को–अर्डिनेटर शान्ता थापा, जिएसटी डिष्ट्रिक्ट को–अर्डिनेटर अमृतशोभा खत्री, माई एलसिआई डिष्ट्रिक्ट को–अर्डिनेटर अमृतप्रसाद तिवारी, रिजन चेयरपर्सन गंगाविलास लोहनीले क्लवका अध्यक्ष लगायतका पदाधिकारीलाई लायन्सले समाज सेवाका विभिन्न क्षेत्रमा खेल्नु पर्ने भूमिका, डिष्ट्रिक, लायन्स अन्तराष्ट्रियको सम्बन्ध, कार्यसम्पादन, जिम्मेवारी र दायित्व, लायन्स सदस्यले पालना गर्नुपर्ने काम, कर्तव्य र उत्तरदायित्वको बारेमा प्रकाश पार्नु भएको थियो ।
लायन्स अन्तरराष्ट्रियको बिधी बिधान अनुसार जोन चेयरपर्सनले एक बर्षे कार्यकालमा आफ्नो माताहतमा रहेका क्लब लिएर कम्तिमा ४ वटा जोन मिटिंग गर्नुपर्ने प्रावधान रहेको छ । जसमा पहिलो मिटिंगमा वार्षिक कार्ययोजना सम्बन्धि छलफल, दोश्रोमा सदस्यता बृद्धि, तेश्रोमा लिडरशिप र चौथोमा बर्ष भरि गरेका कार्यहरूको समिक्षा सहित फेलोशिपलाई प्राथमिकता दिईने गरेको छ ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected