1Shares

पोखरा १६, असोज । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशमा भएका जडिवुटिको अध्ययन गर्न विज्ञहरुलाई सुझाव दिनु भएको छ । राष्ट्रिय आयुर्वेद एशोसियसन नेपालको शनिबार पोखरामा सम्पन्न भएको प्रथम भेला तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रदेशमा अथाह जडिवुटि भए पनि त्यसको अध्ययन नभएकोले अध्ययन गर्न विज्ञहरुलाई सुझाव दिनु भएको हो ।

उहाँले भन्नुभयो “ यहाँ धेरै कुराको सम्भावना रहेको छ तर हाम्रो परिवेश हेर्ने हो भने जडिवुटि मात्र होइन यहाँ धेरै कुराको अध्ययन भएको छैन, त्यसै कसैको लटका भरमा चल्ने गरेको छ, यसले हामीलाई भोलि कहाँ पुराउछ कम्तिमा पनि साना साना केही कुराबाट अब अध्ययन गर्न सुरु गर्नु पर्छ ।” राज्यलाई दिगो रुपमा फाइदा पुग्ने बिषयमा कसैले रिसर्च गरेमा त्यसमा सरकारले सहयोग गर्ने उहाँले बताउनु भयो ।

रैथानी वाली लोप हुदै गएकोमा चिन्त्ता व्यक्त गर्दै मन्त्री बरालले नेपालका रैथाने वाली अमेरीका, जापान लगायतका मुलुकमा सुरक्षित रहेको बताउनु भयो । योग शिक्षा विस्तार गर्न आवश्यक भएको बताउदै मन्त्री बरालले आनपिन र आहार विहारमा बिषेश ध्यान दिन आग्रह गर्नु भयो । कार्यक्रममा एशोसियसनका केन्द्रिय अध्यक्ष जगतबहादुर भट्टराईले आयुर्वेद मौलिक र परम्परागत चिकित्साह विधि भए पनि हाल विकृति र विसङगती देखा परेको दाबी गर्नुभयो । क्यान्सर रोगबाट प्रभावित लक्ष्मी भट्टराईले आत्मवल, सकरात्मकसोच, योगाको कारण गुमी सक्न लागेको जीवन पुनः पाएको बताउनु भयो ।

एशोसियसन गण्डकीका अध्यक्ष डा.प्रेमकिशोर मित्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एशोसियसनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष कृष्ण राउत, प्राकृतिक चिकित्सालय रजनका डा.विनोद पौडेल, नेचर केयर क्लिनीक पोखराका के.बी. थापा, एशोसियसनका सुरेस पूर्वे, कार्यक्रक संयोजक प्रफुल्लचन्द्र यादव, एशोसियसन गण्डकीका सचिब नेत्र भुजेल लगायतले वोल्नु भएको थियो ।

उक्त अवसरमा एशोसियसनले आयुर्वेदको क्षेत्रमा उल्लेखनिय योगदान पुराएको भन्दै ४ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा डा.अम्मर बहादुर ताम्राकार, कणर् बहादुर ताम्राकार, डा.गोपीनाथ पौडेल र डा.लक्ष्मीकान्त चापागाई रहेका छन्।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected