कास्की १६ असोज । लोपोन्मुख रहेको सरुङ खेल कास्कीको कास्कीकोटमा रहेको गुप्तकालिका मन्दिर परिसरमा खेलिएको छ । घटस्थापना सुरु भएपछि दशै उत्सवसँगै आइतवार फुलपाती (सप्तमी) का दिनमा सरुङ खेल प्रर्दशन गरिएको हो ।
‘वडा दशैमा प्रत्येक बर्ष नेपालमा नै लोपोन्मुख रहेको सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिदै आएको छ’ गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले भन्नुभयो । उहाँका अनुसार वि. सं. १११३ बैशाख १३ गते जगतीखानले कास्कीमा राज्य स्थापना गरेपछि नै यो सरुङ खेल कास्कीकोटमा प्रर्दशन हुदै आएको मानिन्छ । त्यतिवेला देखिका कास्कीका धनञ्जय गोत्रीय कुँवरजातिहरुलाई राज्यको संरक्षण गर्न राखिएको थियो । उनिहरूले सोहि समयदेख़ि नै सरुङ खेल प्रदर्शन गर्दै आईरहेका छन ।
त्रिपाठीका अनुसार कास्कीकोटमा दशैको वेलामा वजाइने नगरा, सत्रौ शताव्दीका ढाल तरवारहरु लगाएत धोपहरुको समेत प्रर्दशन गरिदै आएको छ । “संस्कृतीको संरक्षण सगै धार्मीक पर्यटनको प्रवर्दनमा सहयोग गरौ” भन्ने नारा सहित दशै उत्सवको आयोजना गरिएको हो ।
सप्तमीको दिनमा पोखराको रामघाटबाट ल्याएको फुलपातीको डोलीलाई विशेष सुरक्षाका साथ स्वागत सत्कार सहित विधी पुर्वक पुजा आजा गरी गुप्तकाली मन्दिरबाट सुरु हुने सरुङ खेल तल मौला टुडिखेलमा आएर आधा घाम डुब्नु अघि नै अनम्याउने काम गरिने परम्परा रहेको त्रिपाठीले बताउनु भयो ।
गुप्तकालीका मन्दीरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सवको आयोजना गरिएको हो । तान्त्रीक र वैदीक तरीकाले पूजा हुने गुप्तकालीका मन्दिरमा घस्थापना देखी दशमी सम्म पाणा पुजारीहरु मन्दिरमा नै वसेर गुप्तकालीकाको पुजा गर्ने प्रचलन रहेको छ ।गुप्तकालीको दर्शन गर्नाले मनको इच्छा पूरा हुने जन विश्वास रहेको छ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दशैमा विषेश पुजा हुदै आएको छ ।
कास्की दरवारमा घटस्थापनाको दिन बिधिवत तरीकाले पूजा आजा गरी मन्दिरमा प्रवेश गरीन्छ । सप्तमीको दिन पोखराको रामघाटवाट ल्याइएको फुल पत्र र कुँवर जातीको सरुङ खेल सगै मन्दिरमा भित्राइने प्रचलन रहेको छ । अष्ठमीका दिन राती काल रात्रीको पुजा गरेर नवमीका दिन पञ्चवली दिने र दशमीको दिन गुप्तकालीका मन्दिरमा टिका लगाए पछि विधिवत रुपमा फुल वास्पानीमा लगेर विसर्जन गर्ने गरीन्छ ।
गुप्तकाली मन्दिरमा पुजा गर्न तथा पञ्चवली भाकलहरु गर्नेहरुको दैनीक भिड लाग्ने गर्छ । यस ठाउँ वाटनै कास्की जिल्लाको नामाकरण भएको मान्ने गरीन्छ । लामो सयसम्म कोरोना कहरका कारण मन्दिरमा दर्शनार्थीहरुले दर्शन समेत गर्न पाएका थिएनन् यस पटक पुजालाई व्यवस्थित वनाउन पोखरा २४ वडा कार्यालयले वडाको पहिचान वोकेको कास्कीकोट दरवारलाई आर्थिक सहयोगसँगै प्रर्वद्धनात्मक सहयोग गरेको वडाध्यक्ष भरत वहादुर अधिकारीले बताउनु भयो । दशै उत्सवमा भक्तजनहरुको सजिलोको लागी विभिन्न उप समिती निमार्ण गरीएको थियो ।