अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण–२, ढिकुरपोखरीमा संचालित दोस्रो दशैं मेला मंगलवार समापन भएको छ । ढिकुरपोखरी युवा क्लबको आयोजनामा माछापुछ्रे माबि को खेल मैदानमा संचालित मेलामा सेवेन ए साईड फुटबल, महिला फुटबल, भेट्रान फ़ुटवल, अन्नपूर्ण स्टार नृत्य लगायतका खेलहरू सञ्चालन भएको क्लबका सचिव रमेशराज भण्डारीले जानकारी दिए ।
मेलाको मुख्य आकर्षणको रूपमा रहेको सेवेन ए साईड फुटवल प्रतियोगिताको उपाधी पाउँदूरकोट युवा क्लबले जितेको छ । फ़ाइनल खेलमा भदौरे फ़ुटवल क्लबलाई पराजित गर्दै पाउँदूरकोट युवा क्लबले उपाधि सहित नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । उसले यसअघि आयोजक ढिकुरपोखरी युवा क्लबको टिम ‘डि’, टु लिंक नागडांडाको चुनौती पन्छाउँदै फाइनलमा भिडेको हो । उपविजेता भदौरे फ़ुटवल क्लबले २५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कारमा चित्त बुझायो ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता पाउँदूरकोट युवा क्लबका अजित गुरूङ, उत्कृष्ट खेलाडि पाउँदूरकोट युवा क्लब कै सन्तोष गुरूङ, उदयमान खेलाड़ी टु लिंक नागडांडाका अभिषेक श्रेष्ठ र अनुशासित टिम टु लिंक घोषित भई ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।
यसैगरी भेट्रान खेल तर्फ ४ वटा टिमले सहभागिता जनाएकोमा वडा नं ३ ले १ लाई ट्राईबेकरमा पराजित गर्दै खसी हात पारेको छ ।
त्यस्तै, महिला फ़ुटवल तर्फ वडा नं ४ भदौरे र वडा नं २ का महिला खेलाड़ी बिच भएको प्रतिस्पर्धात्मक खेलमा भदौरेले २–० गोल अन्तरले जित हासिल गर्दै नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त प्राप्त गरेको छ ।
मेलाको अर्को आकर्षणको रूपमा रहेको अन्नपूर्ण स्टार (डान्स) मा रजनी गौतम घोषित भएकी छन् । प्रतियोगिताको द्वित्तिय स्थान रितिका अधिकारीले हात पारेकी छन् भने तृत्तिय स्थानमा अनुषा सुनार र सान्त्वनामा दीपसा चनारा घोषित भई पुरस्कार हात पार्न सफल भएका छन् । ग्रुप नृत्यमा सुनगाभा समूह विजेता बनेको क्लबका सचिव भण्डारीले जानकारी दिए । नृत्यतर्फ़ निणार्यकमा लोकदोहरी गायक तारापति सुवेदी, जिवन दाहाल र प्रेमराज अधिकारी रहेका थिए । मेलामा मेरी बास्यैका हाँस्य कलाकार स्थानीयवासी दिवाकर भण्डारीले आफ्नो प्रस्तुति राखेका थिए ।
अन्नपूर्ण गाउपालिका भित्रकाको मात्रै सहभागिता रहेको नृत्य प्रतियोगितामा अन्नपूर्ण स्टारले नगद ७ हजार, द्वित्तिय ४ हजार र तृत्तियले ३ हजार सान्त्वना ले एक हजार साथै सुनगाभा समूहले ५ हजार नगद सहित साथमा प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा २९ प्रतियोगीले भाग लिएको प्रतियोगिता निर्णायक मण्डलका सदस्य जिवन दाहालले जानकारी दिए ।
विजयीलाई समापन समारोहमा प्रमुख अतिथि रमेशकुमार अधिकारी, विशिष्ट अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका शिक्षा संकायका सहायक क्याम्पसका प्रमुख यादवराज अधिकारी, अन्नपूर्ण गाउँपालिका कास्कीका शिक्षा शाखा प्रमुख बलराम भुगाई, अन्नपूर्ण गाउँपालिका वडा नं २ का वडाध्यक्ष पिताम्बर भण्डारी, ४ का वडाध्यक्ष आइन्डल गुरूङ, आयोजक ढिकुरपोखरी युवा क्लबका अध्यक्ष बिरेन्द्र गुरूङ लगाएतले पुरस्कार हस्तान्तरण गरेका थिए ।
तिनदिनसम्म संचालित उक्त प्रतियोगिताको अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णुबहादुर केसी आइतवार उद्घाटन गरेका थिए । वडा स्तरीय प्रतियोगिताका सबै खेलमा अन्नपूर्ण गाउँपालिका भित्रका विभिन्न टिमहरूको मात्र सहभागिता रहेको खेलले मेला रोमाञ्चक बनेको स्थानीयको भनाई रहेको थियो । आगामी वर्ष पनि मेलालाईनिरन्तरता दिइने मेलाका संयोजक बिरेन्द्र गुरूङले बताए ।
मेलाको मुख्य सहयोगीमा ढिकुरपोखरी काठमांडौ समाजका पूर्व अध्यक्ष एवं स्थानीयवासी रमेश कुमार अधिकारी, समाजसेवी एवं युवा पर्यटन व्यवसायी ऋषि भण्डारी, अन्नपूर्ण गाउँपालिका कास्की लगाएत विभिन्न सामाजिक संघ संस्था रहेका थिए ।