0Shares

पोखरा भ्यूज

१५ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का वाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । उनी शुक्रबार ललितपुरमा भएको निर्वाचनमा उमेश पियालाई ९ मतले पराजित गर्दै प्रदेश अध्यक्ष निर्वाचित भएका हुन् । उनले २३ मत प्राप्त गरे भने पियाले १४ मत मात्रै पाए ।

वाग्मती प्रदेशको १३ सदस्यीय कार्यसमितिको निर्वाचनमा चन्द–खड्का प्यानलबाट १२ जनाले उम्मेदवारी दिएका थिए । उनीहरू सबैले कुल ३७ भोटमध्ये २३ भोट प्राप्त गर्दै निर्वाचित भएका छन् । सिंह पक्षबाट एक सदस्य मात्रै अनुजमान श्रेष्ठ निर्वाचित भएका छन् ।

चन्द–खड्का प्यानलबाट उपाध्यक्षमा मकवानपुरका प्रेमबहादुर क्षत्री, सचिवमा ललितपुरका प्रसन्न शाक्य, कोषाध्यक्षमा भक्तपुरका सन्जय बस्नेत निर्वाचित भए । त्यस्तै, अनिल अधिकारी, सुजन महर्जन, शेखर श्रेष्ठ, सन्जोग पोखरेल, वसन्तराज सत्याल, धिरज श्रेष्ठ र अजयवीर पाण्डे सदस्यमा निर्वाचित भए ।
महिला सदस्यमा राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्वकप्तान नीरा राजोपाध्याय निर्विरोध भएकी छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected