0Shares

पोखरा भ्यूज
२७ भदौ, काठमाडौं । धरान लगायत देशका विभिन्न स्थानमा भएको गौहत्याको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा राप्रपा नेता तथा कार्यकर्ताहरुले सामाजिक सद्भाव कायम गरौं, गौहत्या विरोध गरौं, हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, अर्थतन्त्रमा सुधार र स्वदेशमा रोजगारी सिर्जना, मूल्यवृद्धि नियन्त्रण, आम जनतालाई रात प्रदानको मुदद्दा उठाएका थिए ।
विरोध प्रदर्शनपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा राप्रपा अध्यक्ष लिङदेनले राजा संस्थालाई मुलुकको अभिभावकीय संस्थाको रुपमा स्वीकार गर्न प्रमुख तीन दललाई आग्रह गर्दै ठूला दलहरुले अंगीकार गरेको दिल्लीमा भएको १२ बुँदे सम्झौताको बाटोबाट मुलुक दुर्घटनामा फस्ने निश्चित भएको जिकिर गर्दै उनले अब राजसंस्थालाई अभिभावकीय भुमिका दिनेगरी अघि बढनुपर्ने प्रस्ताव अधि सारेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected