0Shares
पोखरा भ्यूज
२९ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठैकले शर्माको नाम अनुमोदन गरेको हो ।
यसअघि संवैधानिक परिषद्को बैठकले शर्मालाई न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । परिषद्को सिफारिस पछि संसदीय सुनुवाई समितिले शर्माका विरुद्धमा १० दिनको म्याद दिएर उजुरी गर्न आव्हान गरेकामा उनीविरुद्ध कुनै पनि उजुरी नपरेपछि उनको नाम अनुमोदन गर्ने बाटो खुलेको हो ।
संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।