पोखरा भ्यूज
अन्नपूर्ण, कास्की । ढिकुरपोखरी युवा संजालको आयोजनामा शुक्रवारदेखि हरितालिका तीजमेला सुरु भएको छ । यो तीजमेला ४२ औं सस्करणको हो ।
जसअन्र्तगत मेलाको मुख्य आकर्षणका रुपमा रहेको आमन्त्रित नकआउट फुटबल प्रतियोगिता प्रारम्भ भएको छ भने खुल्ला तीजगीत, रस्साकस्सी तथा ठेलो हान्ने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
मेला उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले धर्म संस्कृतिको रक्षा गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै संस्कार विनाको संस्कृतिको अर्थ नहुने औँल्याए ।उनले तीज मेला आयोजना गरेर संजालले महत्वपूर्ण गतिविधि गर्दै आइरहेको भनाई राख्दै मेलालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले तीजलाई भड्किलो बनाउन नहुने तर्क गर्दै सरल शैलीमा चाडपर्व मनाउनुपर्ने जनाइन् ।उनले ढिकुरपोखरी तीजमेलाको लामो इतिहास रहेको स्पष्ट पार्दै तीजले दिदीबहिनी बीच सुमधुर सम्बन्ध कायम गर्नुपर्ने जनाइन् ।
त्यस अवसरमा अन्नपूर्ण ३ का वडाध्यक्ष फणिन्द्रप्रसाद पौडेल, माछापच्छे« माविका प्रधानाध्यापक घनश्याम पौडेल लगायतले पनि धारणा राखे ।
मेला अन्र्तगत शुक्रवार भएको पहिलो खेलमा रत्नसेवा समाजलाई ३–२ गोलअन्तरले पछि पार्दै मालेपाटन युवा क्लव विजयी भएको छ ।त्यस्तै गनी फुटबल क्लव र त्रिशक्ति माछापुच्छे« बीचको दोस्रो खेलमा ४–० गोलले गनी अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो।
उक्त प्रतियोगितामा आयोजकका दुई सहित १२ समूहको सहभागिता रहेको छ ।त्यस्तै महिला फुटबलतर्फ आयोजक समूह सहित ३ टोली प्रतिष्पर्धामा उर्तन लागेको संजालका अध्यक्ष शुशिल भट्टचनले जानकारी दिए ।
मेला सम्पन्न गर्न विभिन्न संघ संस्था एवम् व्यक्तिहरुबाट सहयोग संकलन हुने क्रम पनि जारी छ । मेलामा अन्नपूर्ण ३ निवासी दिनेश पौडेल, अन्नपूर्ण गाउँपालिका कार्यालय, केआइईसी पोखरा, गोपी गुरुङ, गोर्खा बु्रअरी लगायतको महत्वपूर्ण सहयोग रहेको छ । शुक्रवार देखि सुरु मेला यहि असोज २ गतेसम्म चल्नेछ।
फुटबलतर्फको विजेता समूहले नगद रु. ३ लाख ३ सय, उपविजेता समूहले रु.१ लाख ७० हजार १ सय साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला फुटबलतर्फ प्रथम हुनेले ३३ हजार ३ सय ३३ तथा द्वितीय समूहले १७ हजार ७ सय ७७ साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।
तीजगीत तर्फ पहिलो हुनेले रु.२० हजार, द्वितीय समूहले रु.१५ हजार, तृतीय समूहले रु.१० हजार साथै सान्त्वना समूहलाई रु ५ हजार पुरस्कार दिइनेछ ।त्यस्तै उत्कृष्ट नृत्य र भेषभुषाले समान रु. १ हजार पाँच सय प्राप्त गर्नेछन् । तीजगीत अन्नपूर्ण महिला संजालको सहजीकरणमा हुदैछ।
मेलालाई अन्नपूर्ण गाउँपालिकाले संरक्षण तथा प्रवद्र्धन गरेको छ ।त्यस्तै कास्की जिल्ला फुटबल संघको पनि सहयोग रहेको छ
मेला संयोजक वीरेन्द्र गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संजाल सल्लाहकार युवराज गुरुङले स्वागत तथा मेला आयोजक समितिका सचिव दिल जिसीले कार्यक्रम संचालन गरे।
४२औं संस्करणको तीजमेला ढिकुरपोखरीमा सुरु