120Shares

पोखरा भ्यूज

पोखरा, ३० भदौं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत पोखरा क्षेत्रका क्लबहरूको पदस्थापन सम्पन्न भएका छन्  पोखरा क्षेत्रमा बाँकी रहेका दुई वटा क्लब लायन्स क्लब अफ पोखरा गुडविल वर्किंग टुगेदरको संयुक्त पदस्थापन सम्पन्न गरी पोखरा क्षेत्रको लायन  बर्ष २०२३/२४ को पदस्थापन सकिएको हो

शनिवार पोखरा चिप्लेढुङगा, ट्रेड मल स्थित क्लासिक चुलोमा कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर एवं पदस्थापन अधिकृत चन्द्रकुमार केसीले दुई वटा क्लबका पदाधिकारीलाई पदस्थापन गराउनु भएको थियो  कार्यक्रममा  डिष्ट्रिक्टका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले दुईवटै क्लबमा भित्रिएका नयाँ सदस्यहरूलाई लायन्सको परम्परा अनुसार लायनवादको सपथ गराउनु भएको थियो

कार्यक्रममा लायन बर्ष २०२२/२३ का अध्यक्ष पोखरा गुडविलका अध्यक्ष सन्तोष भण्डारी वर्किंग टुगेदरका बेदहरि सुबेदीले आफ्ना कार्यकालमा सम्पादन गरेका कार्यहरू प्रस्तुत गर्नु भएको थियो त्यस्तै, लायन बर्ष२०२३/२४ का अध्यक्षहरू पोखरा गुडविलका बिपिन सुबेदी वर्किंग टुगेदरका संजिव घिमिरेले कार्यकाल सुरूभएदेख़ि हालसम्म क्लबले सम्पादन गरेका कार्य बाँकी रहेका भावी कार्यक्रम प्रस्तुत गर्नु भएको थियो 

पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले लायन्समा लिडरशिपका ६ सूचकलाई आत्मसात गरी अघि बढ़न प्रेरित गर्नु भएको उहाँले कार्यकालको स्लोगन इन्सपाएर टु लिड स्लोगनको मर्म भावना अनुसार क्लबका लायन्स सदस्यहरुले आफूलाई समाज सेवाका लागि विशिष्ट खालका सामाजिक कार्यहरुमा लगाउन आग्रह समेत गर्नु भयो

गभर्नर केसीले लायन्स भोलेन्टिएर अर्गानाईजेशन भएको बताउदै कार्यकाल सुरू भएको साढ़े दुई महिनामा जुन प्रकारले क्लब मार्फ़त जति सर्भिसका कामहरू सम्पादन भएका छन् ति उत्कृष्ट रहेको बताउनु भयो

लायन्स क्लब अफ पोखरा वर्किंग टुगेदरका बर्ष २०२२/२३ का अध्यक्ष बेदहरि सुबेदी पोखरा गुडविलका बर्ष २०२३/२४ का अध्यक्ष बिपिन सुबेदीले अध्यक्षता गरी दुई चरणमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले शुभकामना मन्तव्य राख्नु भएको थियो भने लायन्स क्लब अफ पोखरा गुडविलका बर्ष २०२२/२३ सचिव डोलराज अर्याल र वर्किंग टुगेदरका बर्ष २०२३/२४ का सचिव जनकराज पौडेलले कार्यक्रम संचालन गरेका थिए

120Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected