पोखरा भ्यूज
पोखरा, ८ असोज । लायन्स क्लब अफ पोखरा बाराही टाउनको ५औँ चार्टर डे सेलिब्रेसन (स्थापना दिवस) कार्यक्रम बिबिध कार्यक्रम गरी मनाइएको छ ।
विगत ४ वर्षदेखि मानवीय र सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको क्लबको सोमवार कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले पोखरा–२३, ठुलाखेत स्थित सिद्वबराह आधारभुत बिधालयमा एक कार्यक्रमका बिच चार्टर डे सेलिब्रेसन कार्यक्रम उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा बोल्दै प्रमुख अतिथि ढुङगानाले लायन्स क्लब अफ पोखरा बाराही टाउनले बिगत ४ बर्ष देख़ि सामाजिक एवं मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको र आगामि दिनमा पनि सामाजिक क्षेत्रको आफ्नो यात्रामा अझै परिष्कृत ढंगले निरन्तरता दिदै जानेमा विश्वस्त रहेको बताए ।
क्लबका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट एडभाईजर कृष्ण श्रेष्ठ (रोजी)ले क्लब स्थापना गर्दाका आफ्नो अनुभव सुनाउदै चार्टर डे को दिनमा प्रत्येक बर्ष यस बिधालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्टेसनरी, स्कूल ब्याग तथा ड्रेस बितरण गरी आफ्नो क्लबको चार्टर डे मनाईदै आएको बताईन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण श्रेष्ठ (रोजि) लाई क्लबका तर्फबाट बिशेष सम्मान गरिएको थियो भने क्लबमा उत्कृष्ट कार्य गर्ने सदस्यहरुलाई मायाको चिनोद्वारा सम्मान समेत गरिएको थियो ।
क्लबका अध्यक्ष एन्शोभा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका सिनियर लिडरहरू हरिराज पन्त, सूर्यनारायण बराल, शान्ता थापा, ऋषि गिरी लगाएतको उपस्थिति रहेको थियो ।
सन २०१९ मा स्थापना भएको क्लबमा संस्थापक अध्यक्ष रोजी सहित बर्तमान जोनचेयरपर्सन आरती अधिकारी, सुकमाया गुरूङ र गंगा शर्मा केसी अध्यक्ष भई क्लबको नेतृत्व लिइसकेका छन् ।
क्लबका सचिव मनरुपा थापाको संचालनमा रहेको उक्त कार्यक्रममा क्लबका पदाधिकारी एवं सदस्यहरूको लगाएतको उपस्थिति रहेको थियो । क्लबले आज नै थप तीन जना नयाँ सदस्यलाई क्लबमा भित्राएको छ ।
महिला मात्रको क्लब बाराही टाउनले दुई दिन अघि मात्र धादिङ जिल्लाको निलकण्ठ गाउँपालिका–२ स्थितसिम्लेका शारीरिक अपाङगता भएका तीन जनालाई नगद, लत्ताकपड़ा सहित खाध्यान्न वितरण गरेको थियो ।