नेपाली युवा उधमी मञ्च पोखराले भुकम्प पिडितको लागी प्रधानमन्त्री दैबीप्रकोप उद्धार कोषमा रकम हस्तान्तरण

पोखरा । नेपाली युवा उधमि मञ्च पोखराले भूकम्पद्वारा प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुमजिल्ला स्थित तत्काल राहतको लागी गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्राराज पाण्डे र प्रदेशसभा सदस्य बिन्दु कुमार थापालाई नगद रु २ लाखको चेक प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको छ ।
नेपाल सरकारद्वारा राहत सहयोगको लागी एकद्वार प्रणालि सिस्टम लागु गरेसंगै मञ्चले प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष निरन केसिले जानकारी दिए । साथै, सरकारद्वारा राहत सहयोगको लागी लागु गरिएको एकद्वार प्रणालिको प्रशंसा गर्दै सरकारले पनि भुकम्प पिडितहरुको लागी तिब्र र तदारुपताका साथ राहतसामाग्री व्यवस्थापन गर्ने अपेक्षा व्यक्त गरे । आगामी दिनहरुमा पनिसरकारसंग हातेमालो गर्न यस संस्था कटिवद्द रहेको अध्यक्ष केसीले बताए ।