0Shares

पोखरा भ्यूज
१ मंसिर, काठमाडौँ । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । सर्वोच्च प्रशासनका अनुसार टिकटब बन्द गर्ने सरकारी निर्णयका विरुद्धमा शुक्रबार आधा दर्जन बढी रिट दायर गरिएको छ ।

टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको लगायत दाबी गर्दै निवेदकहरुले सरकारी निर्णय बदरको आदेश मागेका छन् ।
सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनहरु अहिले अध्ययनका क्रममा छन् । सामाजिक सद्‍भाव बिगार्न खोजेको भन्दै मन्त्रिपरिषद्को गत सोमबारको बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले इन्छरनेट प्रदायक कम्पनीहरुलाई पत्राचार गरेको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected