
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा कोप-२६ मा सहभागी हुन शुक्रबार बिहान बेलायतको स्कटल्यान्ड प्रस्थान गर्नुअघि गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका छन् ।
प्रधानमन्त्री देउवा २० सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबारदेखि ७ दिनका लागि स्कटल्याण्डको ग्लास्गो सहरमा कात्तिक १५ र १६ मा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा भाग लिन शुक्रबार नै त्यसतर्फ प्रस्थान गरेका हुन् ।
मौजुदा मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री छैनन् । त्यहीकारण वरियता क्रमअनुसारै देउवाले गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री वा सिनियर मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने प्रचलन छ ।
कोप-२६ सम्मेलन सकिएपछि प्रधानमन्त्री देउवा १८ कात्तिकमा स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्रीको अनुपस्थिति रहुन्जेल खाँणले प्रधानमन्त्रीले गर्दै आएका दैनिक प्रशासनिक काम गर्नेछन् ।
त्यस्तै नेपाली काँग्रेसको सभापति समेत रहेका देउवाले पार्टीका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् । निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको व्यहोरा यस्तो छः









सम्बन्धित खवर
















