0Shares

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि नै राजीनामा दिने घोषणा गरेका छन् । आचार्य ६८ दिन मात्र मुख्यमन्त्री बने ।

उनले सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आफू अल्पमतमा परेको भन्दै राजनीनामा दिने घोषणा गरेका हुन् । नेकपा समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले मुख्यमन्त्री भएको ३० दिने विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका थिए ।यद्यपि उनको प्रस्ताव मतदानको प्रक्रियामा अघि बढाइएन् ।

९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा खुम्चिएको थियो । त्यसपछि आचार्य अल्पमतमा परेका थिए ।

संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्नेमा ४२ औं दिनमा कार्तिक ५ गते प्रदेशसभामा प्रस्ताव राखेका थिए ।

आचार्यले प्रदेश प्रमुख समक्ष राजीनामा दिएपछि नयाँ सरकारका लागि आव्हान हुनेछ । गठबन्धमा रहेका दलहरुले नेकपा एसका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने सम्भावना रहेको छ । उनले आजै मुख्यमन्त्रीमा दावीको दावी सहित समर्थन गर्ने सासंदलहरुको हस्ताक्षरपत्र मुख्यमन्त्रीलाई बुझाउने तयारी रहेको समाचार स्रोतले बतायो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected