50Shares

टंकराज अधिकारी ।

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा कास्की ३ मा संस्थापन पक्षधरको प्यानल खडा गरी निर्वाचनमा होमिने भएको छ । संस्थापन समूहका नेता एवं नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङसमेतका नेताहरुको अगुवाइमा प्यानल नै खडा गरिएको हो । पालिका अधिवेशनमा आफ्नो वर्चश्व स्थापित गर्न सफल भएको यो समूह प्रदेश सभा, क्षेत्रीय र जिल्ला अधिवेशनका लागि रणनीतिक ढंगले अघि बढेको देखिन्छ ।

कास्की १ र २ का आकांक्षीहरुले आफ्नो उमेद्वारी सामाजिक सञ्जालमार्फत् घोषणा गरेका छन् । यद्यपि कास्की ३ मा विशेष गरी संस्थापन पक्षधरका एकाध आकाँक्षीबाहेक अरु कोही कसैले पनि उमेद्वारी घोषणा गरेका छैनन् । तर आइतबार पोखरामा भएको गुट भेलामा उमेद्वार परिचयात्मक कार्यक्रम गरी चुनावी प्रचारमा जुटेको खबर छ ।

कास्की ३ को प्रदेश (क) को सभापतिमा दिपक पौडेल, उप–सभापतिमा मोतिलाल तिमिल्सिना र रामबहादुर जिसी, सचिवमा बिनोद केसी र सरोज गुरुङ, सह–सचिवमा मिनराज तिमिल्सीना र अनिल गुरुङ सहितकोे प्यानल घोषणा गरिएको छ । पौडेलको प्यानलसँग अर्को समूहबाट पुष्पेन्द्र पाण्डे प्रतिस्पर्धामा आउने करिब निश्चित छ । पाण्डे कास्की काँग्रेसका नेता शुक्रराज शर्मा निकटको गुट हो । कास्की ३ मा शुक्रराज पक्षधरको प्यानल पनि छिट्टै घोषणा गर्ने तयारी छ । शर्मा गुटको टिम बनाउने जिम्मा अन्नपूर्ण गाउँपालिका अध्यक्ष समेत रहेका नेता युवराज कुँवरलाई दिइएको स्रोतले बतायो । जिल्ला सभापतिमा शुक्रराज पक्षधरका नेताद्वय पोषनाथ शर्मा र आइबहादुर गुरुङ दुवै आकाँक्षी बनेपछि टिम बनाउन केही जटिलता थपिएको बुझिएको छ । उता संस्थापन पक्षधरले भने मंसिर ६ मा हुने क्षेत्रीय अधिवेशनमा शुक्रराज पक्षधरले खेल्ने भूमिका र त्यसबाट निस्कने परिणामपछि मात्र जिल्ला अधिवेशनको रणनीति बनाउने तयारी गरेको छ ।
संस्थापन समूहले प्रदेश क बाट प्रदेश अधिबेशन प्रतिनिधिमा अर्जुनबहादुर पौडेल, रविन्द्र बहादुर प्रजु, देवीलाल शर्मा तिमिल्सीना, लोक घले, भरत गुरुङ, माधव आचार्य, चन्द्रमान गुरुङ, महादेव पुन, भक्ते कामी, कुशमाया तामाङ, अम्विका ढकाल, वसन्ती पौडेल, राजेन्द्र रमण पराजुली, कृष्ण पौडेल र बासु गौचन रहेका छन् ।
त्यस्तै संस्थापन पक्षले प्रदेश ख समा सभापतिमा दिपकवीर कुवँर, उप–सभापतिमा विकास गुरुङ र विनोद खड्का, सचिवमा शुक्रराज पौडेल र उपेन्द्रराज पराजुलीलाई अघि सारेको छ । यद्यपि सह–सचिवको भने अझै टुंगो लागेको छैन । कुवँर प्यानलसँग शुक्रराज समूहका जीवनाथ पौडेल (शंकर) को प्यानल प्रतिस्पर्धामा आउने करिब निश्चित छ । यद्यपि शुक्रराज समूहले टुंगो लगाइसकेको अवस्था छैन । संस्थापन पक्षबाट सचिवको प्रत्यासी बनेका शुक्रराज पौडेल काँग्रेस नेता शुक्रराज शर्माकै गाउँ सल्यानका हुन् । उनी शुक्रराज समूहबाटै चुनावी प्रतिस्पर्धामा जाने सोंचमा रहेको भएपनि उनको थयोचित स्थानमा व्यवस्थापन हुन नसक्दा मनोज गुरुङ समूहमा छिरेको चर्चा छ ।
प्रदेश ख बाट प्रदेश अधिबेशन प्रतिनिधिमा भिम राना, गणेश बहादुर भट्टराई, लक्ष्मी बहादुर भट्टराई, पदम बस्ताकोटी, प्रमोद कोइराला, चक्रबहादुर गौचन, जिवन बास्तोला, देवेन्द्र के सी, कुन्ती गरुङ, पबित्रा थापा, विन्दु कोईराला सुवेदी, राज कुमारी थापा, विमल सुनार लगायतका रहेका छन् । भर्खर नेपाली काँग्रेसमा आएका पर्यटन व्यवसायी समेत रहेका गणेश भट्टराई शुक्रारज पक्षधरको समूहमा समेत अट्ने भएकाले उनलाई साझा उमेद्वारका रुपमा हेरिएको छ ।
संस्थापन पक्षको आइतबार पोखरामा भएको भेलाले कास्की क्षेत्र नम्बर ३ को सभापति बाहेकका सबै पदका उमेद्वारहरु घोषणा गरेको छ । पार्टी विधानले प्रदेश क र ख का सभापति स्वतः क्षेत्रीय उपसभापति बन्ने व्यवस्था गरेको छ । सचिवमा भरत बहादुर केसी र मेख तामाङ, सह–सचिवमा महेश कुमार तिमिल्सिना र धरम बहादुर लामिछाने रहेका छन् । सदस्यहरुमा विजय गुरुङ, बल बहादुर क्षेत्री, तिर्थ बहादुर थापा, गौतम बिजुक्छे, दिपक थापा मगर, खेमलाल पहारी, कलाधर बराल, आशबहादुर गुरुङ, बलराम गौतम, भरत बहादुर बि क, रामप्रसाद श्रेष्ठ, मधु सुवेदी, माया अधिकारी, शक्ति गुरुङ, गलिमाया अधिकारी, शान्ति रानाभाट र गंगा गिरी रहेका छन् । सभापतिमा मनोज गुरुङको नाम चर्चामा रहेको भए पनि अहिलेसम्म उनको उमेद्वारी घोषणा भएको छैन । यद्यपि मनोज गुरुङलाई निर्विरोध सभापति बनाउन शुक्रराज समूह सकारात्मक भएमा सर्वसम्मत हुन सक्ने अवस्था रहेको छ । तर त्यस्तो अवस्था नरहेमा संस्थापन समूहका नेता मनोज गुरुङसँग शुक्रराज पक्षधरका खिमलाल बास्तोला प्रतिस्पर्धामा आउने निश्चित छ । पालिका अधिवेशनमा संस्थापनको शक्तिसँग हच्चिएको शुक्रराज समूहले अन्नपूर्ण गाउँपालिकामा सर्वसम्मत गरिएको भए पनि माछापुच्छ«े गाउँपालिकामा चुनाव हुँदा संस्थापन पक्षले नै नेतृत्व हत्याउन सफल भएको थियो । मनोज गुरुङ पक्षधरको टिममा जुझारु र चर्चित अनुहार देखिएका छन् । यद्यपि शुक्रराज समूहले भने अहिलेसम्म टिम घोषणा गर्न सकेको छैन ।

यसैगरी महाधिबेशन प्रतिनिधिमा पुरुष तर्फ खेमराज पौडेल, देवेन्द्र कुमार शेरचन, दिपक गुरुङ, ललित गुरुङ, रामप्रसाद अधिकारी, दिवसमान प्राधानाङग, आश बहादुर गुरुङ, उमेश पराजुली, भिम बहादुर गुरुङ, बलराम गिरी, मुक्तिराम अधिकारी, भरतजंग कुवँर, हरि लामिछाने, हरिषचन्द्र लम्साल, मान बहादुर बि क, गोविन्द लामिछाने, डा. कृष्णप्रसाद पौडेल, पशुपति भट्टराई लगाएतका आकांक्षी रहेका छन् भने महिला तर्फ शारदा पौडेल, टेकनशोभा गुरुङ, कमला बराल, खेमकुमारी गरुङ, कृष्ण कुमारी परियार, गोमा सुवेदी, जुना क्षेत्री, सरिता तिमिल्सीना, मन्धरा ढकाल, पुनम भट्ट, मिना पाण्डे लगाएतका आकांक्षी रहेको श्रोतले जनाएको छ ।
कास्की ३ मा काँग्रेस नेता शुक्रराज शर्माको केन्द्रीय गुट स्पष्ट छैन । संस्थापन पक्षसँग झुकाव देखिएको भएपनि कास्की ३ मा शुक्रराज इतर समूह देउवासँग निकट छ ।
उता कुँवर प्यानलले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टीका रुपमा स्थापित गर्न र आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई अत्यधिक स्थानमा विजयी गराउने लक्ष्यका साथ आफ्नो नेतृत्वको प्यानल घोषणा गरेको दावी गरेको छ । पार्टीमा युवा नेतृत्वलाई मौका दिनुपर्ने भन्दै पार्टीको विकास र पार्टीलाई सबल एवं मजबुत बनाउँदै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाएर आफ्नो समूहका उम्मेदवारलाई विजयी गराउने लक्ष्य रहेको कुँवर समूहको भनाइ छ ।
पालिका अधिवेशनसम्म संस्थापन गुटमै रहेका नेता महादेव गुरुङ हाल उक्त समूहबाट अलग भई शुक्रराज समूहमा गएको स्रोतले बतायो । यद्यपि उनीसँग निकट रहेका अधिकाँश नेताहरुले महादेवको साथ छोडी मनोज गुरुङ समूहमै रहेको बताइएको छ । मनोज गुरुङ १३ औं महाधिवेशनमा कास्की ३ को क्षेत्रीय सभापतिमा नेता पोषनाथ शर्मासँग प्रतिस्पर्धा गरेकोमा झिनो मतले पराजित बनेका थिए । १४ औं महाधिवेशनमा मनोजसाग भिड्ने तयारीमा रहेको खिमलाल बाँस्तोला मौजुदा समितिका सचिव हुन । क्षेत्रमा मनोज गुरुङ र शुक्रराज शर्माको नेतृत्वको समूहबीच प्रतिष्पर्धा हुने देखिए छ । यद्यपि प्रत्याशीहरु आफ्नो पकड जमाउन केन्द्रित देखिएका छन् । एक समूहका प्रत्याशी अर्को समूहको आर्शिवाद लिएर साझा उमेद्वार बन्ने प्रयास गरेको बताइन्छ ।

50Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected