
टंकराज अधिकारी
पोखरा । गायत्री पराजुली अधिकारी र ओमकार अधिकारीद्वारा लिखित “कृष्ण कथा तथा भजन” र “आत्मानुभव” नामक दुई कृति विहिवार सार्वजनिक भएको छ । लेखकद्वय गायत्री पराजुली अधिकारी र ओमकार अधिकारीका पिता प्रेमराज अधिकारी र माता गोमाअधिकारीको चौरासी पूजाको अवसरमा नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यमा उक्तकृतिहरूको बिमोचन गरिएको थियो ।

कार्यक्रममा यस अघि नै विमोचन गरिएका पुस्तकहरू प्रेमराज अधिकारीको “आत्मानुसन्धान” र उहाँका कान्छा छोरा चैतन्यअधिकारीको कविता संग्रह “झरीको किनार” पनि सार्वजनिक गरिएको थियो ।
आत्मानुभव कविता संग्रह हो ।
कृतिको विमोचन गर्दै साहित्यकार सरुभक्तले भगवान कृष्ण ब्रह्मरूपी भगवान भएको र कृष्णको वारेमा असाध्य धेरै लेखिएको बताउदै पूर्विय संसारमा धर्म र साहित्य एक आपसमा जोड़िएको उल्लेख गरेका थिए ।
विशिष्ट अतिथि पण्डित प्रा. डा. नारायणप्रसाद अधिकारीले यस अधिकारी परिवारका सबै जना सदस्य प्रतिभाशाली रहेको बताउदै लेखकद्वयका पिता माताको सम्मानमा कविता वाचन गरेका थिए ।
कार्यक्रममा चौरासी पूजाका मूल पण्डित गंगाधर तिमिल्सिनाले अधिकारी परिवारले समाजमा गरेका कार्यको प्रसंशा गरेका थिए ।

लेखकद्वय गायत्री पराजुली अधिकारी र ओमकार अधिकारीले आ–आफ़ना भनाई राख्दै यस पुस्तक विक्रिबाट प्राप्त सम्पूर्ण रक़म आफुहरू पढ़ेको पहिलो पाठशाला श्री परशु प्राथमिक बिधालय, अन्नपूर्ण–१ कास्कीमा अक्षयकोष खड़ा गर्ने बताए । सो को बचतबाट प्राप्त ब्याज रक़म बिधार्थीहरूको शैक्षिक तथा अतिरिक्त क्रियाकलाप र छात्रबृति प्रयोजनार्थ प्रदान गरिने जानकारी गराए । उक्त बिधालयमा रु ५ लाखबाट सुरु गरी रु १ करोड़ सम्मको अक्षयक़ोष पुर्रयाउने लेखक ओमकार अधिकारीले जानकारी गराए ।
सो अवसरमा लेखकद्वयका पिता प्रेमराज अधिकारीले विगतका संघर्षशील दिनहरू सम्झना गराउदै चौरासी पूजामा उपस्थित सम्पुर्णलाई धन्यबाद ब्यक्त गरेका थिए ।
सो अवसरमा प्रेमराज अधिकारीको आत्मानुसन्धान र उहाँका कान्छा छोरा चैतन्य अधिकारीको कविता संग्रह झरीको किनार सहित विमोचित पुस्तकहरू निशुल्क वितरण गरिएको थियो ।








सम्बन्धित खवर
















