79Shares

पोखरा भ्यूज
पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रवार भएको कास्की ज़िल्ला अधिवेशनमा कुनै पनि सभापतिका उमेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको छ ।

पाँच जना उमेद्वारको प्रतिस्पर्धा रहेको पहिलो राउन्डबाट ३ सभापतिका उमेद्वारहरु क्रमशः आइबहादुर गुरूङ, पोषनाथ शर्मा र गिरिराज गौतम रिङआउट भएका छन् । शनिबार हुने निर्वाचनमा पहिलो भएका किशोरदत्त वराल र दोस्रो भएका सुदिपमोहन भट्टराईबीच प्रतिस्पर्धा हुनेछ ।

शुक्रवार बेलुका ७.३५ देख़ि आरम्भ भएको मतगणनामा बरालको पक्षमा ६ सय ४४ र भट्टराईको पक्षमा ४ सय ७२ मत परेको थियो । त्यस्तै पहिलो राउन्डबाट रिङआउट भएका आइबहादुर गुरूङको पक्षमा ४६२, पोषनाथ शर्माको पक्षमा ३३५ र गिरीराज गौतमको पक्षमा ६३ मत परेको थियो ।

पार्टी विधानले सभापति हुने उमेद्वारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने वाध्यतात्मक व्यवस्था गरेको छ । विधान बोजिमको मत प्राप्त गर्न नसकेमा पुनः पहिलो र दोस्रो हुने उमेद्वारबीच चुनाव गराउनुपर्ने व्यवस्था बमोजिम शनिबार पुनः वराल र भट्टराईबीच चुनाव गरिन लागिएको हो ।

जिल्ला अधिवेशनको निर्वाचनमा नेपाली काँग्रेसका हजार ८८ जना प्रतिनिधिमध्ये हज़ार २३ जनाले मतदान गरेका थिए ।अन्य पदाधिकारीको मत गणना शनिवार हुने दुई सभापतिको मतदान पश्चात सुरु हुने निर्वाचन समितिका संयोजक आरसी बिमलले बताए ।

79Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected