52Shares

पोखरा भ्यूज पोखरामा रहेको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाले शनिवार आफ्नो दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको

साधारण सभाको उद्घाटन गर्दै संस्थाका शेयर सदस्य एवं गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुवँरले सहकारीले देशको समृद्धिमा महत्वपुर्ण टेवा पुर्रयाउने हुँदा यस तर्फ सबै लाग्नुपर्ने बताए उनले सहकारीले सदस्यको सन्तुष्टिमा ध्यान दिई आर्थिक समृद्धि तर्फ जुटनुपर्ने समेत बताए

कार्यक्रममा बिशेष अतिथि ज़िल्ला बिकास समिति कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेलले सहकारीलाई अगाडी बढाउन एकजना ब्यक्तिको मात्र नभएर सबै सदस्यहरुको उत्तिकै भूमिका रहने बताउँदै सबै सदस्यहरु मिलेर अगाडी बढ्न आग्रह गरे

साधारण सभाको अवसरमा संस्थाले २०७७/७८ मा संस्थाको उन्नति प्रगतिमा विशिष्ट योगदान पुर्रयाउनु हुने सहकारीका शेयर सदस्यहरूलाई विभिन्न बिधामा सम्मान गरेको उत्कृष्ट बचत कर्ता, उत्कृष्ट कारोंवार, दैनिक उत्कृष्ट कारोंवार, उत्कृष्ट मासिक बचतकर्ता लगाएतका बिधामा सम्मानित हुनेहरू क्रमशः बाबुरामअधिकारी, सलीना बिक, श्रीकान्त चापागाई, खिमप्रसाद दाहाल, दुर्गाकुमारी रेग्मी, राजकुमार सुवेदी, सुनिता केसी लगाएत रहेका छन

कार्यक्रममा सहकारीमा आवद्व ७० बर्ष भन्दा माथीका शेयर सदस्यहरू बालाकृष्ण अधिकारी, टंकप्रसाद पौडेल बजिरमान गुरूङलाई पनि सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीमा बिकास दाहाल बिनोद अधिकारीलाई समेत सम्मान गरिएको थियो

सो अवसरमा संस्थाका निवर्तमान उपाध्यक्ष लालबहादुर कुँवर त्रिभुवन विश्वविद्यालय सेवा आयोगको राजनीतिशास्त्र (शिक्षा) बिषयको प्राध्यापक पदमा पदोन्नति भएकोमा सम्मानित गरिएको थियो

सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुवँर, विशिष्ट अतिथि जिबिस कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेल, संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेल, संस्थापक अध्यक्ष रामचन्द्र पौडेल लगाएतले खादा, माला, अविर, दोसल्ला सम्मानपत्रले सम्मानित गरेका थिए

संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भूमि ब्यवस्था, कृषि तथा शहकारी मन्त्रालयका अधिकृत ठाकुर प्रसाद ढकाल, संस्थाका सल्लाहकार कुलबहादुर गुरूङकुलु’, सम्मानित व्यक्तित्व लालबहादुर कुँवर, संस्थाका सहसचिव लक्ष्मी अधिकारी, सदस्य दुर्गाप्रसाद पौडेल, सदस्य सरिता सुबेदी, संस्थाका ब्यावस्थापक अनिल अधिकारी लगाएतले आफ़नो भनाई राखेका थिए शेयर सदस्य मध्येबाट युवराज अधिकारी सरस्वती दाहालले मन्तव्य राखेका थिए

साधारण सभामा संचालक समितीको तर्फ़बाट अध्यक्ष इन्द्रप्रसाद पौडेलले वार्षिक प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम, सचिव मनपतिअधिकारीद्वारा प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष बाबुराम भण्डारीले आर्थिक प्रस्तावित आर्थिक प्रतिवेदन, लेखासमितिका संयोजक जनकराज पौडेलले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए 

२०६८ सालमा स्थापना ढिकुरपोखरी बचत तथा ऋण सहकारीको नामबाट संचालन भएको यस संस्था २०७६मा नेपाल सरकार सहकारी विभागले जारी गरेको निर्देशन अनुरूप मर्जर गई अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको नामबाट सञ्चालन गरिएको संस्थाका सचिव मनपति अधिकारीले जानकारी दिए।

सहकारीमा आर्थिक मसान्तसम्ममा हज़ार सय ७९ शेयर सदस्य मध्ये ४०३ महिला ७७६ जना पुरुष सदस्य रहेका छन शेयर पूँजी करोड़ लाख, बचत संकलन ११ करोड़ ५० लाख ऋण लगानी १२ करोड़१० लाख रहेको संस्थाका कोषाध्यक्ष बाबुराम भण्डारीले बताए

संस्थाले शेयर सदस्यता एवं शेयर पुँजीमा वृद्धि, बचत वृद्धि, ऋण लगानी, सामाजिक सुरक्षा कोष, सहकारीशिक्षा तथा तालिम, सामाजिक सेवा, अध्ययन एवं अवलोकन भ्रमण, सम्मान एवं पुरस्कार कारोबारका आधारमा मुनाफा वितरण लगाएका कार्य गर्दै आएको

52Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected