146Shares

पोखरा भ्यूज

पोखरा  अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष उपाध्यक्षले पदभार ग्रहण गरेका छन सोमवार पालिका अध्यक्ष विष्णुबहादुर के सी उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन 

पदभार सँगै अन्नपूर्ण गाउँपालिकाले पालिकाका सबै घरपरिवारको स्वास्थ्य बिमा गर्दा लाग्ने शुल्कको ५०प्रतिशत रकम बेहोर्ने निर्णय गरेको

गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रमका बीच उक्त निर्णय गरिएको पालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए यो निर्णयसँगै अन्नपूर्णका कुल हजार सय घरपरिवार प्रत्यक्ष लाभान्वित हुनेछन्

त्यस्तै अर्को, अपांगता भएकालाई घरघरै पुगेर परिचय पत्र वितरण गर्नुका साथै सेवा सुविधा पनि उपलब्ध गराउने निर्णय पनि गरिएको अध्यक्ष केसीले जानकारी दिए

शपथ ग्रहण एवं पदस्थापन कार्यक्रममा प्रतिनिधिसभा सांसद तथा पूर्व खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, प्रदेश सांसद राजीव पहारी, गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं नेपाली काँग्रेस कास्कीका उपसभापति युवराज कुँवर, एमाले नेता पुण्यप्रसाद पौडेल, दामोदर वैरागी, शिवकुमार पौडेल, बुद्धिमान गुरुङ, विवेक देवकोटा, मनपति भण्डारी, धर्मबहादुर तमु, भरत देवकोटा, कुलबहादुर गुरुङ कुलु लगायतले जननिर्वाचित प्रतिनिधिलाई बधाई दिँर्दै कार्यकाल सफलताको शुभकामनादिए गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले स्वागत गरेको उक्त कार्यक्रम गाउँपालिकाका अधिकृत ठाकुर अधिकारीले सञ्चालन गरेका थिए

146Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected