1Shares

पोखरा भ्यूज

पोखरा । रोजगारीको खोजीमा रहेका युवालाई लक्षित गरी पोखरामा रोजगार मेला हुने भएको गण्डकी प्रदेश सरकारले पोखरामा रोजगार मेला गर्ने तयारी थालेको हो

सामाजिक विकास मन्त्रालयको आयोजनामा हुन लागेको रोजगार मेलाले २ सय भन्दा बढि वेरोजगार युवालाई रोजगार दिने अपेक्षा लिइएको छ । प्रदेशले १ हजार भन्दा बढिले मेला अवलोकन गर्ने र २ सय बढिले रोजगारको अवसर प्राप्त गर्ने अपेक्षा लिएको छ । व्यावसायिक तालिम लिन चाहने विद्यार्थीका लागि पर्याप्त जानकारी दिने समेत प्रदेशको योजना रहेको छ ।

मेला गर्नु अघि व्यावसायिक योग्यता प्रणालीबारे सरोकारवालाहरुलाई अभिमुखीकरण तथा रोजगार मेला सम्बन्धि छलफल समेत गरिएको छ ।अध्ययन तथा तालिम पुरा गरेका तर रोजगारीका अवसर प्राप्त नगरेका नागरिकका लागि उपयुक्त वातावरण सृर्जना गर्ने उदेश्यले मेलाको आयोजना गर्न लागेको हो । सो अवसरमा मेलाको आयोजना हुँदा व्यावसायी कामदारबीचको खाडल पुर्ने काम गर्न व्यवसायीहरुले सुझाव दिए

शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश सरकारले नागरिकलाई स्वदेशमै राख्ने योजनाको सुरुवात मात्रै गर्न लागेको बताए यो सुरुवात मात्रै हो हामीले मुख्यगरी कुरालाई जोड दिनेछौँ’, उनले भने,‘प्रदेश सरकारले श्रम नीति ल्याएको सोहि नीतिलाई टेकेर असंगठित मजदुरहरुलाई संगठित गरी राज्यको दायरामा ल्याउँने उनीहरुको समस्याको पहिचान गरी सिप अनुसारको काम मिलाउने योजना अर्को भनेको प्रदेश भित्र व्यावसाय गर्ने व्यावसायमा चाहिने कामदार प्रदेशमै उत्पादन गर्ने हो मन्त्री श्रेष्ठले सरकारको जानकारीमा नआएका धेरै क्षेत्र रहेको त्यहाँ सिप भएका कामदार भएपनि व्यवस्थित नहुँदा विदेशीन बाध्य भएकाले अब विदेश जान नभई स्वदेशमै रोजगारको व्यवस्थापन गर्ने तर्फ प्रदेश सरकार उदार भएको बताए उनले मेलाले उक्त कुरामा ठुलो सहयोग पुग्नेमा विश्वास रहेको सुनाए मेलालाई अर्थपूर्ण बनाउनका लागि गृहकार्य भएको थप छलफल गरि मिति निर्धारणगर्ने जानकारी दिए

उक्त छलफलमा सुझाव दिदैँ व्यवसायी तीर्थ मगरले एक मात्र पेशाको आधारमा नभई सिपको आधारमा प्रमाणपत्र प्रदान गर्ने योजना समेत ल्याउनुपर्नेमा जोड दिए उनले श्रमिकलाई सिपयुक्त बनाउनका लागि समेत मेला फलदायि हुनुपर्नेमा जोड दिए

अर्का व्यावयासी विश्व प्रसाद कर्माचार्यले प्रदेशले पहिलो पटक गर्न लागेको रोजगार मेला स्वागत योग्य भएको बताउँदै मेलामा अनुभविमात्र नभई नयाँ जनशक्तिका लागि समेत अवसर सृर्जना गर्ने किसिमको बनाउन आग्रह गरे  उनले आफुलाई कर्मचारी आवस्यकता पर्दा नभेटिएको जब सेन्टरमा सुचना दिदाँ आउने अधिकांश कर्मचारीले फोनबाटै सबै कुरा निश्चित गर्न खोज्दा समस्या आउने गरेको गुनासो पोखेँ उनले बजारमा भएका जनशक्ति व्यस्त रहेका दक्षता नभएका वेरोजगार धेरै भएकाले दक्षताका लागि मात्र मेला गर्नुको भने औचित्य नहुने भनाई राखे

नेपाल सरकार  स्विस सरकारको सहयोगले सञ्चालनमा रहेको नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना दोस्रो चरण अन्तरगत रोजगार मेला आयोजना गरी प्र्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र पुर्व ज्ञानको मान्यतामा आधारित सिकाइको बारेमा जानकारी प्रदान गर्न मेलाको आयोजना गर्न लागेको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले जानकारी दिए  उनले दोस्रो चरणको छलफल पश्चात मिति तय गर्ने बताए उनले मेलाले सिप भएर पनि जागिर नपाएर विदेशीन बाध्य नागरिकलाई स्वदेशमै राख्ने बताए

सिटिइभिटि गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले रोज़गार मेला सान्दर्भिक रहेको बताए । रोजगारको खोजीमा दक्ष जनशक्ति पलायन हुने क्रम बढ़ेको बताउदै उद्योग/व्यवसाय लगायतका क्षेत्र जनशक्तिको अभाव भोग्नु परिरहेको अवस्थामा आयोजना गर्न लागिएको रोजगार मेलाबाट एकातर्फ रोजगारदातालाई आफ्नो आवश्यकता अनुसारको जनशक्ति उपलब्ध हुनेछ भने अर्कातर्फ रोजगारीकै खोजीमा बिदेसिनुपर्ने बाध्यताको अन्त्य गर्न केही हदसम्म मद्दत पुग्नेछ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected