
पोखरा भ्यूज
पोखरा । विश्व वातावरण दिवसको अवसरमा बाबा फ़ाउण्डेशन नेपालले बृक्षारोपण गरेको छ । ‘केवल एक पृथ्वी‘ भन्ने मूल नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको कार्यालय परिसर भित्र विभिन्न प्रजातिका बोटविरुवा रोपिएको हो ।

प्रमुख अतिथि गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी उपरिक्षक गोविन्द अधिकारीलाई फ़ाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठले पुत्राङदीको बोट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा सहभागिहरुले पुत्रान्जीको बोट, धुपी, लिच्चि, आँप, बेलाउती, म्याङगो ट्री, कपुर लगायतका विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी उपरिक्षक अधिकारीले रोपिएका विरुवाको संरक्षण र सम्र्बद्धनका लागि ध्यान दिन आग्रह गरे । उनले कार्यालय परिसरमा गरिएको बृक्षारोपणले दिनभर गरिएको ड्यूटी पश्चात कार्यालय परिसरमा प्रवेश गरिसकेपछि सबै तनावबाट मुक्त भई यहाँको हरियाली, सितलताले थकान मेटिने बताए ।
कार्यक्रममा समाज परिवर्तनमा लागि परेकी सामाजिक कार्यसँगसँगै बालबालिकाका अधिकार सम्बन्धि कार्यगर्दै आईरहेकी बाल अभियन्ता प्रेन्सा रेग्मीले १ घर १ विरुवाको अवधारणा ल्याई सांकेतिक रुपमा वृक्षारोपण गरी वातावरण संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताइन ।

बालबालिका र वातावरणको क्षेत्रमा बिगत १५ बर्ष देख़ि क्रियाशिल संस्था बाबा फ़ाउण्डेशन नेपालले यस अघि गएको वर्ष पनि सोहि ठाउँमा बृक्षारोपण गरेको थियो ।
बाबा फ़ाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठले संस्थाको उद्देश्य बारे जानकारी दिदैं पोखरालाई वातावरण मैत्री वनाउन वृक्षारोपणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सोहि अवसरमा जिल्ला ट्राफिक कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक शिव पाठक अर्का प्रहरी वरिष्ठ नायव निरीक्षक प्रवीण आचार्यले बिरुवाको राम्रोसँग संरक्षण गरिने बताउदै बाबा फ़ाउण्डेशनप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका थिए ।







सम्बन्धित खवर
















