12Shares

पोखरा भ्यूज 

असार १७, पोखरा लायन्स क्लब्स इण्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन बर्ष २०२२/२३ का डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले डिष्ट्रिक्ट गभर्नर पदको पदभार ग्रहण गरेका छन् बसेल सँगै प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले पनि पदभार ग्रहण गरेका छन
हरेकवर्ष जुलाई तारिखमा नयाँ डिष्ट्रिक्ट गभर्नरको पदभार ग्रहण गर्ने व्यवस्था अनुरूप आगामी वर्षका लागि बसेलले पहिलो गभर्नरका रूपमा पदभार ग्रहण गरेका हुन् उनी लायन्स क्लब अफ पोखरा पिपल चौतारीका पूर्वअध्यक्ष हुन्

पद ग्रहण समारोहमा पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका र  राजन लम्साल, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल साथै डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो

12Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected