2Shares

पोखरा भ्यूज

पोखरा । महिला मात्र सदस्य रहेको लायन्स क्लबहरूको पदस्थापन सम्पन्न भएको मंगलवार लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल जोन  अन्तर्गतका महिला मात्र सदस्य रहेका क्लबहरू लायन्स क्लब अफ पोखरा अमरबुद्ध, पोखरा साधना पोखरा बाटिकाको संयुक्त पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको हो पोखरा उत्तमचोक स्थित रोयल दिदीबहिनी किचनमा सम्पन्न पदस्थापन समारोहमा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलले  वटै क्लबका अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराएका थिए गभर्नर बसेलले लायन्स क्लब अफ पोखरा अमरबुद्वद्वारा गठित नयाँ लियो क्लब, लियो क्लब अफ पोखरा अमरबुद्धको उदघाटन समेत गरेका थिए  लियो अमरबुद्वमा दीक्षा श्रेष्ठ अध्यक्ष रहेकी छन सो अवसरमा खुशी अर्यालले आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन

कार्यक्रममा तिनवटै क्लबका लायन बर्ष २०२१/२२ का अध्यक्ष लायन्स क्लब अफ पोखरा अमरबुद्धका सुनिता थापापोखरा साधनाका कल्पना गुरूङ पोखरा बाटिकाका कल्पना भण्डारीले आफ्नो कार्यकालमा भए गरेका कार्यको वार्षिक प्रतिबेदन २०२२/२३ का अध्यक्षहरू क्रमशः चाँदनी हमाल, रश्मी भण्डारी, कल्पना भण्डारी लियो दीक्षा श्रेष्ठले हालसम्म सम्पादित कार्य भावी कार्ययोजना बारे प्रस्तुती राखेका थिए

पदस्थापन समारोहलाई सम्बोधन गर्दै डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले कार्यकाल सुरु गरेको ४५ दिनमा नै डिष्ट्रिक्टले धेरै महत्वपूर्ण कार्य सम्पादन गर्न सफल भएको बताउदै यसको जस क्याविनेट टिमका साथै सम्पूर्ण क्लबलाई जाने बताए

दुई चरणमा सम्पन्न कार्यक्रममा पहिलो सत्रको लायन्स क्लब अफ पोखरा अमरबुद्धका सुनिता थापा दोस्रोसत्रको अध्यक्षता लायन्स क्लब अफ पोखरा वाटिकाका अध्यक्ष कल्पना भण्डारीले अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रथम द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नरद्वय चन्द्रकुमार केसी/बिनोद ढुङगाना, चिफ डिष्ट्रिक्ट पिआरओ सूर्यकुमार केसी, नेपाल मेडिकल काउन्सिलका बोर्ड मेम्बर किशोरबिक्रम मल्ल, जिएमटी कोअर्डीनेटर शान्ता थापा, रिजन चेयरपर्सन विष्णु श्रेष्ठ, साधनाका प्रथम उपाध्यक्ष सिता पौडेल लगाएतले लायनवादका विषयमा आफ़ना भनाई राखेका थिए  कार्यक्रम अमरबुद्वका २०२१/२२ का सचिव इन्दिरा पौडेल साधनाका २०२२/२३ का सचिव मुना पुनले संचालन गरेका थिए

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected