
2Shares
काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्नेहरूको लागि योग्यता तय गरेको छ।
आयोगले बिहीबार विज्ञप्ति जारी गरी संघीय कानूनले अयोग्य नभएको र कुनै पनि लाभको पदमा बहाल नरहेको व्यक्तिमात्रै उम्मेदवार बन्न पाउने जनाएको हो।
लाभको पद भन्नाले निर्वाचन वा मनोनयनबाट पूर्ति गरिने राजनीतिक पदबाट कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने पद हो।
असोज २३ गते हुने मनोनयनमा नेपाली नागरिकले मात्रै मनोनयन दर्ता गर्न पाउने पनि आयोगले जनाएको छ। यस्तै उम्मेदवार बन्न कुनैपनि गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने तथा २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ।

2Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















