21Shares

पोखरा । “मेरो बुवा फलानो पार्टीमा भएकोले म यो पार्टीमा लागे अथवा मेरो त हजुर बा नै त्यो पार्टीको हो हामि पनि त्यहि हो” यो नेपाली राजनैतीक संस्कार हो । तर यसलाई उल्ट्याएका छन् समाजसेवी भुपेन्द्र गिरीले ।

पुराना भनेका दलहरुबाट दशकौ सम्म पनी अपेक्षाकृत नतिजा आउन नसकेकोले यस पालीको निर्वाचनमा आफ्नै छोरा स्वतन्त्र उमेदवार ऋगेन्द्र नेपाली गिरी लाई समर्थन गर्ने भएका छन् । कास्की क्षेत्र नम्बर दुईका प्रतिनिधी सभा सदस्य स्वतन्त्र उमेदबार ऋगेन्द्र नेपाली गिरीले बिभिन्न ब्यक्ती, समुह तथा पार्टीहरुको समर्थन पाउने क्रम बढीरहेको छ ।

यसै क्रममा चार दशक देखी कम्युनिष्ट राजनीतीसँग जोडिएका पोखरा ७ निवासी सामाजिक ब्यक्तित्व भुपेन्द्र गिरीले आफु स्वतन्त्र भएको घोषणा गरेका छन् । गिरी ने क पा एमाले मा सक्रीय थिए । शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलन कार्यक्रम मार्फत गिरीले सो घोषणा गरेका हुन् । ‘परिवर्तन गर्न चाहने हो भने ५ बर्ष नै काफी हो तर ५० औं बर्ष सम्म पनी जस्ताको तस्तै छ’ गिरीले कार्यक्रममा सम्बोधनका क्रममा भने । त्यस्तै बृद्द भएर पनी कुर्ची नछाड्ने परीपाटी को समेत अन्त्य हुनु पर्ने उनले गराए । राजनैतीक दलहरुको अराजनैतीक ब्यबहार लाई खबरदारी गर्नको लागी पनि अहिले स्वतन्त्र उमेदवार को जीत आवश्यक भएको उनले बताए । ‘जनमुखी योजना सहीतको युवा नेतृत्व लाई जनताले कुरिरहेकाले अब युवा शक्ती तयार हुनु पर्छ’ उनेले भने ।

21Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected