
पोखरा । बेगनास पोखरा यातायात प्रा.लि.को बस सडकदेखी करिब २५ मिटर तल खहरे खोलाको खोँचमा खसेर दुर्घटना परेको छ । दुर्घटनामा परेका अधिकांश सोमबार विविए तर्फको दिक्षान्त समारोहमा सहभागिता जनाउनका लागि आएका बिधार्थी रहेका छन् । बसमा चालक र सहचालक सहित कुल ४७ जना सवार थिए । दिक्षान्त समारोहमा सहभागिता जनाउनका लागि आएका बिधार्थी गाउन लिनका लागि पियु पुगेका थिए । गाउन लिएर फर्कने क्रममा पोखरा महानगरपालिका शिशुवा २७ हंसपुर प्रहरी चौकी नजिकैको खोँचमा खसेको हो । घाईतेहरूको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।
यी हुन घाइतेहरु
ग १ ख ६७४७ नम्बरको सार्वजानिक बस दुर्घटना हुँदा २८ महिला १५ पुरुष, २ बालक र १ बालिका घाइते भएका छन् ।
सामान्य घाइते हुनेमा रुपेन्देही सिदार्थ नगरपालिका बस्ने २३ की सोनाली बाँनिया, काठमाडौं नागार्जुन नगरपालिका १० की ६९ वर्षिया रामकला खड्का, सोही स्थानकी २१ की इन्द्र खड्का, २९ का सुशान्त खड्का, रुपन्देही तिलोत्तमा न.पा १३ का २४ वर्षिया ममता न्यौपाने, तिलोत्तमा ३ की २३ वर्षिया अविना पुन मगर, तिलोत्तमा ६ की २५ वर्षिया सविता गोतामे, चितवन भरतपुर २५ का २८ वर्षिया सुजता कौशल, पोखरा ३० का १२ वर्षिय सचिता गुरुङ, ६५ वर्षिय सुन्सरी गुरुङ, ४ वर्षिय ममता गुरुङ, स्याङ्जा गल्याङ नगरपालिका ४ का २५ वर्षिया विनिता राना, आधिँखोला ५ की २४ वर्षिया प्रभा पोखरेल, रुपन्देही देवदह ९ का २५ वर्षिय गौरव न्यौपाने, रुपन्देही सैनामैना २ का २४ वर्षिय इश्वर पाण्डे, तिलोत्तमा ७ का २४ वर्षिय सुनिल थारु र मनिषा पाण्डे, कास्की अन्नपुणर् ६ का १५ वर्षिय साहिल गुरुङ, भरतपुर ६ की २५ वर्षिय सिता अधिकारी र २ वर्षिया रियाज अधिकारी, चितवन घरभई हाल पोखरा ५ बस्दै आएकी सिता बास्तोला, भरतपुर १४ की २४ वर्षिया पुष्पा अधिकारी, रुपन्देही देवदह १० की २४ वर्षिया प्रकृति रिजाल र २० वर्षिया गरिमा न्यौपाने, भरतपुर १० की २४ वर्षिया कल्पना खत्री र २९ वर्षका सुमन थापा, कास्की मादि ८ की २५ वर्षिया लिला अधिकारी, पोखरा ३ की २५ वर्षिया नम्रता अधिकारी, पोखरा ११ फुलबारीकी २४ वर्षिया निशा पुन, काठमाडौं गोकणर्ेश्वर ७ का ५६ वर्षिय प्रमोद दाहाल र २४ वर्षिय आज्ञा दाहाल, ललितपुर २४ की २४ वर्षिया रोजिना कार्की, कलंकी १४ की २० वर्षिया इशा भुजेल, नवलपुर गैडाकोट २ का २४ वर्षिय विदुर न्यौपाने, रुपन्देही मायादेवी ८ की संगिता क्षेत्री र २३ वर्षिय सचिन केसी, पोखरा १३ का १५ वर्षिय सुदिप गिरी अधिकारी, नवलपरास ४ की २५ वर्षिया अनिषा चौधरी, पोखरा ६ लेकसाइडकी २४ वर्षिया अस्मिता अधिकारी, चितवन टाडी ८ की २७ वर्षिया शोभा सापकोटा, पोखरा १३ की ३८ वर्षिया सावित्री अधिकारी गिरी, ललितपुर १९ का नशल्प बज्रचार्य, चितवन ८ टाँडीका ३४ वर्षिय सागर पौडेल, पोखरा १० की ४० वर्षिया जौमाया गुरुङ, पोखरा ३१ का चालक बिजेश बास्तोला सहचालक मनबहादुर कुमाल रहेका छन् ।







सम्बन्धित खवर
















