
0Shares
पोखरा भ्यूज
८ भदौ, बागलुङ । नक्कली सुनका गहना राखेर ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् । बागलुङ नगरपालिका–१४ की ३० वर्षीया मीना केसीलाई नक्कली गहनासहित प्रहरीले पक्राउ गरेको हो ।
गत वर्षको साउनदेखि पटक–पटक स्थानीय सूर्यबहादुर खड्कासँग नक्कली गहना राखेर ऋण माग्दै आएको र गत वर्ष १८ लाख रुपैयाँ ऋण दिएकोमा उक्त रकम फिर्ता नगरी पुनः २ लाख माग्न आएपछि खड्काले शंका लागि निजले दिएको सुनका गरगहना परीक्षण गराएका थिए ।
परीक्षणका क्रममा मीनाले दिएको सुन नक्कली भएको पत्ता लागेको हो । नक्कली सुनमा ठगिएपछि खड्काले प्रहरीमा उजुरी गरेका थिए । खड्को उजुरीको अधारमा प्रहरीले केसीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
0Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।









