0Shares
पोखरा भ्यूज
१८ मंसिर, काठमाडौँ । नेपाली बजारमा सुनको भाउले लगातार वृद्धि हुँदै नयाँ रेकर्ड राखेको छ । सोमबार सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।अघिल्लो दिनको तुलनामा सोमबार सुनको भाउमा प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।


आइतबार भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी सोमबार तेजाबी सुन प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलाको १ हजार ५ सय ४५ रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको व्यवसायीहरुले बताएका छन् ।

0Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।