2Shares

पोखरा भ्यूज

पोखरा । २०७९ माघ १ गते काठमाण्डौबाट पोखरा आउने क्रममा यति एयरलाइन्सको एटिआर विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको स्मृतिमा पोखरा महानगरपालिकाको तर्फबाट स्मृति सभा गरिएको छ ।

दुर्घटना स्थलमा दिवङ्गतहरूको स्मृतिमा उनीहरूको नामावली सहितको स्मृति स्तम्भ निर्माण गरी त्यसको अनावरण समेत गरिएको छ । स्तम्भको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संयुक्त रूपमा अनावरण गरेका छन् ।

स्तम्भमा विमान दुर्घटनामा दिवङ्गत भएका चालक दलका सदस्यहरू सहित ५७ जना नेपाली र १५ जना विदेशी नागरिकहरूको नाम लेखिएको छ । उनीहरूको स्मृतिमा पोखरा महानगरपालिकाले स्मृति स्तम्भ निर्माण गरेको हो । त्यस स्थानमा स्मृति पार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको छ ।

स्मृति सभामा पोखरा महानगरपालिकाका नगरप्रमुख आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरे, महानगरपालिका वडा नं.७ का वडा अध्यक्ष राम मोहन आचार्य सहित जनप्रतिनिधिहरू र मृतकका आफन्तहरूको उपस्थिति रहेको थियो ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected