27Shares

पोखरा नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिकाको दोस्रो अधिवेशनले चुडामणी अधिकारीलाई अध्यक्षमा निर्वाचित गरेको उनि ६८ मत सहित विजयी भएका हुन् अधिकारीका प्रतिस्पर्धी चन्द्र बहादुर गुरूङले ६२ मत प्राप्त गरेका छन्

पदाधिकारीमा पनि अधिकारी कै टिम बिजयी भएको

त्यस्तै उपाध्यक्षमा एकदेव देवकोटा बिजयी बने देवकोटाको ७८ मत आउँदा सञ्जय पौडेलले ५३ मत प्राप्त गरेका छन सचिवमा अन्नपूर्ण ११ का मिकास गुरुङ निर्विरोध भए

उपसचिवतर्फ समावेशीमा पुष्पा पुनले ८१ ल्याउदा खिमा भण्डारीले ४८ तथा खुलातर्फ हेमराज अधिकारीले ६६ रामप्रसाद ढुंगानाले ६२ मत प्राप्त गरी पुन अधिकारी विजयी भएका छन् दलित, उत्पीड़ित महिला खुला पदमा पबित्रा सुनार बिजयी भएकी छन् लेखा कमिटी अध्यक्ष शिबहरी सुबेदी ८५ मत प्राप्त गरी निर्वाचित हुदाँ प्रतिस्पर्धी चिरन्जीवी पौडेलले ४० प्राप्त गरेका थिए । खुल्ला ४ सदस्य सहित भूगोल (वडा) तर्फका ३३ सदस्य तथा युवातर्फका जना सदस्य यस अघि नै निर्विरोध निर्वाचित भएका थिए

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected