पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल जोन १३ अन्तर्गतका क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न भएको छ।
शनिवार केसी बेंक्यूईट माटेपानी पोखरामा सम्पन्न समारोहमा जोन १३ अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा आदर्श, पोखरा आदर्श सेन्चुरी, वर्किंग टुगेदर र पोखरा म्याग्दीका क्लब अध्यक्ष एवं पदाधिकारीको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको हो ।
समारोहमा पदस्थापन अधिकृत डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले चार वटै क्लबका अध्यक्ष एवं पदाधिकारीलाई लायन्सको बिधि बिधानमा रहित आ–आफ्नो पदमा पदस्थापित गराएका थिए । डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले चार वटै क्लबका नयाँ सदस्यलाई लायनवाद सम्बन्धि जानकारीसहित सपथ गराएकी थिईन् ।
वर्किंग टुगेदरका बर्ष २०२३/२४ का अध्यक्ष संजीव घिमिरे र आदर्शका २०२४/२५ का अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम एलसिआईएफ एरिया लिडर राजन लम्साल, निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले लायन्सले समाजसेवामा पुर्रयाएको योगदान महत्वपूर्ण रहेको बताउदै समाजसेवा गाह्रो काम भएपनि लायन्सले विनास्वार्थ समाजसेवाको क्षेत्रमा थुप्रै काम गरेकोमा खुशी व्यक्त गरेका थिए ।समारोहमा लायन बर्ष २०२३२४ का अध्यक्षहरू लायन्स क्लब अफ पोखरा आदर्शका बिष्णुप्रसाद गौतम, आदर्श सेन्चुरीका अध्यक्ष बिनिता केसी खड़का, पोखरा वर्किंग टुगेदरका अध्यक्ष संजीव घिमिरेले आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्य प्रस्तुत गरेका थिए भने बर्ष २०/२५ का अध्यक्षहरू क्रमशः रमेशकुमार थापा, भगवती थापा, जनकराज पौडेल र पोखरा म्याग्दीका लालमाया पुनले आफ्ना वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
सचिवद्वय वर्किंग टुगेदरका जनकराज पौडेल र श्रीराम तिमिल्सिनाको संचालन रहेको कार्यक्रममा वर्किंग टुगेदरका कै प्रथम उपाध्यक्ष अमृतराज भण्डारी स्वागत मन्तव्य र पोखरा म्याग्दीका पूर्व अध्यक्ष सुजन पुनले धन्यवाद मन्तव्य राखेका थिए ।