85Shares
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे नेपालको डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन एवं पहिलो क्याबिनेट मिटिङ भाद्र १ गते पर्यटकीय नगरी पोखरामा हुने भएको छ ।
पोखरा ईभेन्ट सेन्टर लेकसाईड पोखरामा सम्पन्न हुने कार्यक्रममा डिष्ट्रिक्टका सिनियर लिडर सहित क्लब पदाधिकारी सदस्य सहित १ हजार २ सयको उपस्थिति रहने आयोजक क्लब लायन्स क्लब अफ पोखरा पिस भ्यालीले जनाएको छ । 
पदस्थापन एवं क्याबिनेट मिटिङको तयारीलाई तिब्र बनाइएको मूल आयोजक समितिका संयोजक पिस भ्यालीका पूर्व अध्यक्ष रामकृष्ण पौडेलले बताए । 
डिष्ट्रिक्टको पहिलो ठुलो कार्यक्रम पर्यटकीय नगरी पोखरामा आयोजना भएकाले उल्लेख्य संख्यामा लायन सदस्यहरुको उपस्थिति रहने विश्वास गरिएको आयोजक क्लबका संस्थापक अध्यक्ष सुदीप ओझाले बताए ।
‘पोखरामा राम्रो व्यवस्थापनसहित पदस्थापन एवं क्याबिनेट मिटिङ सञ्चालन गर्दैछौं,’ उनले भने, ‘करिब १ हजार २ सय भन्दा बढी लायन्स सदस्यलाई स्वागत गर्ने गरी तयारीमा होमिएका छौं ।’
पोखरामा आयोजना हुने डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन एवं प्रथम क्याबिनेट मिटिङले पोखराको आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर मिलन थापाले बताईन् ।
कार्यक्रमलाई ऐतिहासिक रूपमा सफल बनाउन आयोजक क्लबका पूर्व अध्यक्ष रामकृष्ण पौडेलको संयोजकत्वमा विभिन्न १५ उपसमिति बनाई तयारी कार्य अगाडि बढाइएको छ । उप-समिति संयोजक हरूमा रजिष्ट्रेशन उप-समितिमा सुर्य बराल, शितल शर्मा, किट ब्याग ब्यब्स्थापन उप-समिति दिपेन्द्र कोइराला, स्मारिका प्रकाशन उप-समिति श्री कृष्ण न्यौपाने, खाजा खाना व्यवस्थापन उप-समिति महेश श्रेष्ठ, हल तथा स्टेज व्यवस्थापन उप-समिति  राजु श्रेष्ठ, होटल ब्यबस्थापनमा अशिम गुरुङ, संघ संस्था समन्यव उप-समिति शोभा गौतम, फोटो भिड़ियो व्यवस्थापनमा सुजन श्रेष्ठ रहेका छन् ।
त्यस्तै, पिउने पानी व्यवस्थापनमा मिता कायस्थ, प्राथमिक उपचार व्यवस्थापन उप-समितिमा डा. बिनिता कोइराला, स्वागत सत्कार समितिमा मिता कायस्थ, सचिवलय व्यवस्थापनमा बिकल्प के सी, ड्रेस मूल्यांकन समितिमा अर्जुन पोखरेल, यातायात तथा ट्राफिक ब्यबस्थापन समिति घनश्याम ढुंगाना रहेका छन् । 
कार्यक्रमलाई फरक बनाउन व्याबसायिक स्टलहरु पनि राखिने भएको आयोजक क्लबका संस्थापक अध्यक्ष सुदिप ओझाले बताए । उनका अनुसार इलाइट मोटर्स, ब्रिटिश कलेज, रिलाइन्स फाइनान्स तथा अल्फा हेल्थ एण्ड ब्युटीलगाएतका स्टल रहने छन् ।
85Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected