52Shares

पोखरा । लेखनाथस्थित लायन्स क्लबहरूको पदस्थापन समारोहमा कुमारी नृत्य प्रस्तुत गरिएको  समारोहमा लेखनाथ नेवा मिसा: पुच: बाट रोशना श्रेष्ठ, अनुशा श्रेष्ठ, प्रश्ना राजबंशी, मान्वी राना श्रद्वा श्रेष्ठले आकर्षक कुमारी नृत्य प्रस्तुत गरेका थिए त्यस्तै, लेखनाथ अर्घौं नेवा खल:बाट लाखे, झ्याली ढल्की नाच प्रस्तुत गरेका थिए

पदस्थापन समारोहका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५आई नेपाल कलष्टर , रिजन १०, जोन १९ अन्तर्गतका क्लबहरुको संयुक्त पदस्थापन गराएका छन्।

शुक्रवार पोखरा२६, अर्घौस्थित नमस्ते पाटी प्यालेसमा जोन १९ अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ लेखनाथ, पोखरा बाटिका, पोखरा अर्घौ   लेखनाथको स्पोन्सरमा गठित नयाँ क्लब पोखरा स्मार्टसिटी गरी चारवटै क्लबका अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन अधिकृत डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले पदस्थापित गराए डिष्ट्रिक्टका द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले नयाँ सदस्यलाई लायनवादका मूल्य मान्यताबारेमा अवगत गराई सपथ गराए

कार्यक्रममा गतबर्षका अध्यक्ष लेखनाथका रमानाथ पौडेल बाटिकाका ड़िलमाया ढुङगानाले आफ्ना कार्यकालमा सम्पादन गरेका कार्य प्रस्तुत गरेका थिए भने आज मात्र पदस्थापित लायन बर्ष २०२४/०२५ काअध्यक्षहरू क्रमशः कृष्ण प्रसाद तिमिल्सिना, हरिमाया केसी, प्रकाशलाल श्रेष्ठ   नयाँ क्लब स्मार्ट सिटीका संस्थापक अध्यक्ष दार्विन लम्सालले हालसम्म क्लबले सम्पादन गरेका कार्यसहित भावी कार्यक्रम प्रस्तुत गरेका थिए

लायन्स क्लब अफ लेखनाथका अध्यक्ष रमानाथ पौडेल अर्घौका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षता गरी दुई चरणमा सम्पन्न कार्यक्रममा प्रथम भाईस गभर्नर पार्वती खरेल पाण्डे, पूर्व डिष्ट्रिक्ट गर्भनर राम बहादुर बसेल  क्याविनेट सेक्रेटरी अमृत तिवारीले मन्तव्य व्यक्त गरेका थिए

लेखनाथका सचिव तुलसी सापकोटा अर्घौका सचिव सुर्य कुमार भण्डारीको संचालन रहेको कार्यक्रममा लेखनाथका प्रथम उपाध्यक्ष डा. ग्रीष्म मोहन भट्टराईले स्वागत जोन १९ का जोन चेयरपर्सन राजेन्द्र पौडेलले धन्यवाद मन्तव्य राखेका थिए

52Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected