पोखरा । लायन्स अन्तराष्टिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङ पर्यटकीय नगरी पोखरामा हुने भएको छ । यहीं भदौं २८ र २९ गते हुने मिटिङको तयारीको लागि मूल आयोजक समितिका संयोजकमा डिष्ट्रिक्ट ३२५ आई नेपालका चिफ डिष्ट्रिक्ट एड्भाईजर शैलेन्द्र मोहन भट्टराई चयन भएका छन् ।
पर्यटकीय नगरी पोखरामा क्याबिनेट मिटिङ आयोजना हुने भएकाले उल्लेख्य संख्यामा लायन सदस्यहरुको उपस्थिति रहने आयोजकले विश्वास लिएको छ । मिटिङ अन्तर्गत २८ गते शुक्रवार एस.आर.केसी. ब्याङक्युट माटेपानीमा क्याबिनेट पदाधिकारीहरुको बैठक र २९ गते पोखरा सभागृहमा सम्पूर्ण लायन्स सदस्य सम्मिलित बैठक हुने बताइएको छ ।
पोखरामा राम्रो व्यवस्थापनसहित क्याबिनेट मिटिङ सञ्चालन गर्न तयारीलाई तिब्र बनाइने मूल आयोजक समितिका संयोजक शैलेन्द्र मोहन भट्टराईले जानकारी दिए । १ हजार ५ सय बढ़ी लायन्स सदस्यहरु मिटिङमा उपस्थित हुने दावी गर्दै संयोजक भट्टराईले स्वागतका लागी तयारीमा होमिएको जानकारी दिए ।
क्याबिनेट मिटिङ पोखरा हुनुले पोखरा सहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने आयोजकको दावी छ ।
डिष्ट्रिक्ट गर्भनर बिनोद ढुङ्गाना, पूर्व डिष्ट्रिक्ट गर्भनरसहित डिजी टीमको सल्लाहकार समिति रहेको छ । दोस्रो क्याबिनेट बैठक सम्पन्न गर्नका लागि भट्टराई संयोजक रहेको मूल आयोजक समितिको सह-संयोजकमा डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर हरिराज पन्त र फ़ाईनान्सियल एडमिनिट्रेटर सूर्य नारायण बराल, सचिवमा, कोषाध्यक्ष र सह-सचिवमा डिष्ट्रिक्टकका को-चिफ एडभाईजरहरू क्रमशः ऋषि गिरी, शान्ता थापा भण्डारी र अमृत शोभा खत्री रहेका छन् ।
आवश्यक तयारीको लागि बिभिन्न १९ वटा उप-समिति चयन गरिएको सह-संयोजक हरिराज पन्तले जानकारी दिए । डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना पूर्व गभर्नरसहित ड़िजी टिम संरक्षक रहेको मुल आयोजक समिति संयोजकमा भट्टराई, सह–संयोजकमा पन्त र बराल, सचिब गिरी, कोषाध्यक्ष थापा र सह–सचिब खत्री रहेको मूल आयोजक समिति बनाईएको छ ।
बिभिन्न १९ वटा उप-समिति मध्ये रजिस्ट्रेसन संयोजकमा शान्ता थापा र सदस्यहरुमा क्लस्टर चिफहरु, स्मारिका प्रकाशन समितिमा संयोजक अमृत शोभा खत्री, अर्थ एवं बिज्ञापन संकलन तथा ब्यबस्थापन समिति संयोजकमा सुर्य नारायण बराल, किट ब्याग ब्यबस्थापनमा संयोजक हरिराज पन्त, होटल ब्यबस्थापन संयोजक भिष्मराज पौडेल, भोजन ब्यबस्थापन संयोजक शिव बहादुर खड्का, स्वास्थ्य ब्यबस्थापनमा संयोजक मे. राम प्रसाद गुरुङ रहेका छन् ।
यसैगरी, सचिवालय ब्यबस्थापन समितिमा संयोजकमा मदन के सी, स्वागत सत्कारमा संयोजकमा बसुधा भट्टराई, हल तथा स्टेज ब्यबस्थापनमा संयोजकमा युवराज खनाल, प्रचार प्रसार संयोजकमा टंकराज अधिकारी, यातायात तथा ट्राफिक ब्यबस्थापनमा संयोजक सुदिप राज ढुङ्गाना, सांस्कृतिक तथा मनोरञ्जनमा संयोजक सुरेन्द्रमान शिंह भण्डारी, भिडियो ब्यबस्थापनमा संयोजक शान्त्वना पराजुली, स्टल ब्यबस्थापनमा संयोजक रहमोहन सुवेदी र मायाको चिनो ब्यबस्थापनमा गंगा बिलाश लोहनीसहितका सदस्य रहेका छन् भने पोखरा स्थित सम्पूर्ण क्लबको आतिथ्यतामा क्याबिनेट मिटिङ सम्पन्न हुने छन् ।
वर्तमान डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको यस बर्षको नारा ‘मानवता पहिलो प्राथमिकता’ अन्तर्गत रहेर सेवाका कार्यक्रमहरु अगाडि बढाइरहेको क्याबिनेट सेक्रेटरी अमृत प्रसाद तिवारीले बताए ।
२ सय १४वटा लायन्स क्लब आवद्ध रहेको डिष्ट्रिक्ट ३२५ आई नेपालमा सदस्य संख्या ४ हजार ६ सय बढी रहेको डिष्ट्रिक्ट सेवा र सदस्यताका हिसावले संसारकै उत्कृष्ट डिष्ट्रिक्टमा पर्न सफल रहेको क्याबिनेट सेक्रेटरी तिवारीको दावी छ ।