
58Shares
पोखरा । पोखरा उद्योग वाणिज्य संघमा २ जना सदस्य मनोनित भएका छन् । मनोनित हुनेमा ओम शाखिनी सप्लायर्स,न्यूरोड पोखराका संचालक सोवित पौडेल र जय भूपू सैनिक सुनचाँदी पसल महेन्द्रपुलका संचालक कमलबहादुर सुनार रहेका छन् ।

अध्यक्ष गोकर्ण कार्कीले संघको विधान २०६५( पहिलो संशोधन २०७२) को परिच्छेद ६ को धारा ६.१ को ‘ड’ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै उनीहरुलाई मनोनित गरेका हुन् । संघको विधान अनुसार साधारण सदस्यमध्येबाट ४ जनालाई अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ ।
58Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।








