
पोखरा भ्यूज
चीवा, जापान । जापानको फुकुसी र ईबाराकी क्षेत्रमा रेष्टुरेन्ट, ग्रोसरी एवं बार लगायतको व्यवसाय गर्दै आएको सृजना कम्पनीले जापानको चिवा क्षेत्रमा पनि व्यवसाय विस्तार गरेको छ ।
सेप्टेम्बर २० तारिखबाट सेवा सुरु गरेको स्टार ग्रुपको पाँचौ शाखामा नेपाली खानाका परिकारहरु पाईनुका साथै बैठक, सेमिनार तथा पारिवारीक जमघटका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।
वैवाहिक वार्षिकोत्सव, जन्मोत्सव, शुभकामना आदनप्रदान लगायतका कार्यक्रम गर्न सकिने ठांउ रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सृजना घिमिरेले जानकारी दिईन् ।
चीवा केनको याचिओदाई स्टेशन नजिकै रहेको आवकी भवनको पहिलो तलामा ग्रोसरी र दोस्रो तल्लामा रेष्टुरेन्ट रहेको छ । जापनीहरुमाझ लोकप्रिय रहेको स्टारले नेपालीहरुलाई लक्षित गरेर सेवा विस्तार गरेको हो । मार्टमा सुपथ मुल्यमा सामानहरु पाइने र होम डेलिभरीको समेत व्यवस्था रहेको मार्टका म्यानेजेर सुनिल चालिसेले जानकारी दिए ।

कम्म्पनिले चिवा क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै उत्कृष्ट सेवा दिनुका साथै सामाजिक कार्यहरुमा समेत सहकार्य गर्ने कम्पनीका प्रमुख उत्तम पण्डितले बताए ।
हाल कम्पनीको शाखाहरुमा नेपाली, जापानी र भारतीय नागरिकहरु कर्मचारीका रुपमा कार्यरत रहेका छन् । बार्षिक ३ करोड ५० लाख बढी कारोवार गर्ने सो कम्पनीले चिवा क्षेत्रमा शाखा विस्तारसँगै कारोबार समेत समेत बढ्ने विश्वास लिएको छ । २०१८ मा स्थापना भएको सृजना कर्पोरेशनले फूकुसीमा क्षेत्रमा ३ वटा रेष्टुरेन्ट र ग्रोसरी सञ्चालन गरिरहेको छ ।

सो कम्पनीले एनआरएनए पत्रकार महासघ लगायत नेपाली समुदाय आवद्ध संस्थाहरुसँगको समन्वयमा विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको र सो कार्यलाई चीवा छेत्रमा पनि निरन्तरता दिईने जनाएको छ । सो कम्पनीले भिजिट भिसाको डकुमेन्टेसन, पासपोर्ट नविकरण सहयोग, जापानी भाषा अनुवाद, परामर्श तथा रेमिटान्स सेवा समेत संचालन गरिरहेको छ।
करिब एक दसक नेपालमा पत्रकारीता गरी जापान गएका संचालक पण्डितले जापानमा पनि व्यावसाय र पत्रकारीतालाई निरन्तरता दिएका छन् ।









