43Shares

 

पोखरा भ्यूज 
पोखरा १९ असोज । विन्ध्यवासिनी क्याम्पस पोखरा १६ बाटुलेचौरको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम शनिबार सम्पन्न भएको छ।
नेपाली राष्ट्रिय पर्वको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले क्याम्पसले भोगिरहेको जग्गा समस्यालाई समाधान गर्न मन्त्रालयले पहल गर्ने बताए। जग्गाकै कारण क्याम्पसलाई आउने सहयोग रोकिन नहुने बताउँदै मन्त्री थापाले स्थानीय सरकारले पनि यस विषयमा गम्भिरता पुर्वक ध्यान दिनुपर्नेमा जोड दिए । पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले विन्ध्यवासिनी क्याम्पस यस क्षेत्रको शैक्षिक केन्द्र भएकोले यसमा देखिएको समस्या समाधान गर्न सवै पक्ष लाग्नुपर्ने बताए ।
क्याम्पस संचालक समितिका अध्यक्ष दानबहादुर वाँनियाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका सिनेटर पुर्व वडाध्यक्ष जीवन आचार्य, संस्थापक क्याम्पस प्रमुख नरहरि भट्टराई, विन्ध्यवासिनी माविका निमित्त प्रधानाध्यापक भेषराज पौडेल, प्रशासनिक डिन विजय शर्मा, क्याम्पस प्रमुख सुमन केशव पराजुली लगायतकाले जग्गा अभावका कारण क्याम्पसले समस्या भोगिरहेको र विश्वविद्यालयवाट प्राप्त सहयोग पनि गुम्ने अवस्थामा पुगेको बताउँदै प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
एक आपसमा शुभकामना आदान प्रदान गरिएको कार्यक्रमको सञ्चालन क्याम्पसका लेखा प्रमुख भीमवहादुर गायकले गरेका थिए ।
यसैबिच पूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले पनि शनिबारै शुभकामना आदान प्रदान गरेको छ । मञ्चका अध्यक्ष हरिवहादुर वरूवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी विन्ध्यवासिनी माविका पूर्व प्रधानाध्यापक शालिग्राम अधिकारीले नेपालीजनका चाडपर्वले एक आपसमा एकता, सहकार्य र भातृत्वलाई प्राथामिकता दिएको बताउँदै पर्वको मौलिकतालाई जोगाई राख्न सुझाव दिए ।
कार्यक्रममा पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, हिमालय क्लवका अध्यक्ष मोहन थापा, विन्ध्यवासिनी माविका निमित्त प्रधानाध्यापक भेषराज पौडेल, मञ्चका सचिव भीमबहादुर गायक लगायतले बोलेका थिए। आजिवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रममा गण्डकी डान्स आईडल विजेता करिना गहतराजले मौलिक नेपाली नृत्य प्रस्तुत गरेकी थिइन् ।
43Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected