48Shares

पोखरा । पोखरा वडा नम्बर १३ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसइई २०८१ मा उत्कृष्ट परिणाम हासिल गर्ने विद्यार्थीहरुलाई वडा कार्यालयले सम्मान तथा बधाई ज्ञापन गरेकोछ । वडाध्यक्ष किरण बरालले सम्मानित विद्यार्थीलाई सफलताको कामना गरे ।

उनले अनुशासित र मिहननी बनेर अगाडि वढ्न अनुरोध गर्दै अभिभावकलाई अबका दिनमा उनीहरूका भावनालाई सम्बोधन गर्न आग्रह गरे । यो सफलताका पछाडि विद्यालय प्रशासन, शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त प्रयास रहेको उनको भनाइ छ । वडा शैक्षिक समन्वय संयोजक राजेन्द्र भण्डारीले वर्तमान समय अवसर र चुनौती संघर्षको दोसाँधमा रहेको जनाए ।

वडाध्यक्ष बराल, भद्रकाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष लोकबहादुर कार्की, जनप्रतिनिधिहरु बलबहादुर बराल, रजनी परियार, सुचिता तमाङ र शरीफ मियाँ लगायतले भद्रकाली माध्यमिक विद्यालयबाट ४ जिपिए ल्याउने प्रेरणा परियार, सृष्टि अधिकारी, प्रिया रानामगर र सिजन ढेवाजूलाई सम्मान गरे ।

कार्यक्रमा अक्सफोर्ड बोर्डिङ स्कुलका गौरव आचार्य (३.९१), ताराकुञ्ज बोर्डिङका सुशील सुवेदी (३.८२) बेसलाइन एकेडेमीका सौरभी राजभाट (३.९२), चिल्ड्रेन्स एकेडेमीका स्पन्दन घिमिरे (३.८०) बाल कल्याण बोर्डिङ स्कुलका, बृष्टि सुनार (३.७९), इडेन्स एकेडेमीक सञ्जीव कुटुवाल (३.८६), गण्डकी आदर्श बोर्डिङका आस्था आचार्य (३.८३), आर्वा विजय माविकी सुरक्षा पौडेल (३.४४), रतनपाण्डे माविकी जेनीसा न्यौपाने (३.१४) पनि सम्मानित भए ।

48Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected