103Shares

पोखरा ।  व्यवसायीहरूलाई डिजिटल प्रविधि र अनलाइन माध्यमद्वारा व्यवसाय प्रवद्र्धन गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ पोखरामा मोडर्न बिजनेस ग्रोथ नामक सेमिनार सम्पन्न भएको छ । अनलाइन सेवा डट कमको आयोजनामा गत शुक्रवार पोखरामा एक प्रेरणादायी सेमिनार सम्पन्न गरिएको डट कमका संस्थापक एवं प्रमुख रामप्रसाद अधिकारीले जानकारी दिए ।

डट कमका संस्थापक एवं प्रमुख रामप्रसाद अधिकारीको अध्यक्षता पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुरेन्द्र बाबु तिवारी, पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन शाखा प्रमुख नवराज अधिकारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम लगाएतको उपस्थिति रहेको थियो ।

मोडर्न बिजनेस ग्रोथ सेमिनारको विशेष आकर्षण मोटिभेसनल स्पिकर एवम् बिजनेस कोच सौनक भट्टले कार्यक्रमलाई उत्प्रेरणाका साथै प्रेरणादायी बनाएका थिए । उनले नयाँ युगका व्यवसायीहरूलाई आधुनिक प्रविधि, डिजिटल मार्केटिङ र परिवर्तनशील बजार रणनीतिहरूको प्रयोग गर्दै आफ्नो व्यवसायलाई कसरी दिगो रूपमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा सशक्त प्रस्तुति दिनु भएको अध्यक्ष अधिकारीले बताए ।

कार्यक्रममा पोखराका विभिन्न क्षेत्रका व्यवसायीहरू, समाजसेवी, युवा उद्यमीहरू, र व्यवसायमा चासो राख्ने स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले अनलाइन माध्यमबाट कसरी आफूले प्रदान गरिरहेको सेवा वा उत्पादनलाई धेरै ब्यक्तिसम्म पुर्याउन सकिन्छ भन्ने बारेमा व्यवहारिक ज्ञान प्राप्त गरको बताएका थिए ।


अनलाइन विना व्यवसाय अब अधुरो हुन्छ — रामप्रसाद अधिकारी
अध्यक्ष एवम्  अनलाइन सेवा डट कमका प्रमुख रामप्रसाद अधिकारीले आजको बदलिँदो प्रविधि र प्रतिस्पर्धात्मक युगमा व्यवसायलाई सफल बनाउने मूल चाबी भनेको सशक्त अनलाइन उपस्थिति हो । उनले भने अनलाइन सेवा डट कमको उद्देश्य नै सम्पूर्ण व्यवसायीहरूलाई डिजिटल प्लेटफर्ममा ल्याई सस्तो, गुणस्तरीय, प्रभावकारी र परिणाममुखी अनलाइन मार्केटिङको सुविधा उपलब्ध गराउनु हो ।
उनले व्यवसायीहरूले सजिलै आफ्नो सेवा, अफर, विज्ञापन, सूचना, जागिर, व्यवसायिक प्रोफाइल, र अन्य जानकारीहरू अनलाईन सेवा डट कममार्फत व्यापक स्तरमा प्रचार गर्न सक्ने कुरामा जोड दिएका थिए ।

व्यवसाय प्रवद्र्धनमा योगदान ठुलो पुर्याउँने-अध्यक्ष  कार्की 
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीले अनलाइन सेवा डट कमले व्यवसाय प्रवद्र्धनमा ठुलो योगदान पुर्याउँने बताए । उनले अनलाइन सेवा डट कम व्यवसायीहरूलाई एकीकृत डिजिटल प्लेटफर्म प्रदान गरेर व्यवसाय प्रवद्र्धनमा ठूलो योगदान दिन सक्ने अपेक्षा व्यक्त गरेका थिए  । यस किसिमको प्रयासबाट साना र ठूला सबै व्यवसायीहरूलाई डिजिटल रूपमा सशक्त बनाउने मार्ग खुल्ने कुरामा विस्वस्त रहेको प्रतिक्रिया दिएका थिए ।

सहभागिहरूले यस्ता सेमिनारहरू व्यवसायीहरूका लागि अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमको अपेक्षा व्यक्त गरेका थिए ।

103Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected