36Shares

पोखरा, ३ साउन ।नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य ऋषि भण्डारीले राज्यका निकायले राम्रोसँग ध्यान नदिँदा पर्यटन क्षेत्र जोखिममा रहेको बताएका छन् ।

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको २२औँ साधारण सभाको उद्घाटन गर्दै भण्डारीले मुलुकमा बनेका संरचनाले मुलुकमा हाल करिब ३५ लाख पर्यटकहरु धान्न सक्ने संरचना बनेको अबस्थामा राज्यले १०/१२ लाख पर्यटक भित्राउने लक्ष्य राखेर मुलुकको पर्यटन अघि बढ्न नसक्ने उनको जिकिर थियो 

राज्यको तर्फबाट ६० प्रतिशत होटल सहितका नीजि क्षेत्रको करिब ४० प्रतिशत लगानी रहेको यसको समयमै राज्यले संरक्षण गर्न नसके बैकहरु डुब्ने अबस्थामा जान सक्ने मात्र नभई पर्यटन क्षेत्र समेत जोखिममा जान सक्ने सदस्य भण्डारीको भनाई थियो

बैंक तथा वित्तीय संस्थाको अधिकांश लगानी पर्यटन क्षेत्रमै भएकोले अझै पनि ध्यान नदिने हो भने अबको केही वर्षमा पर्यटन क्षेत्र डुब्ने र यसको प्रत्यक्ष असर राज्यलाई नै पर्ने उनको भनाइ पोखराको पर्यटन विकासका लागि एगासँग सहकार्यगरेर अघि बढ्न आफू तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरेका थिए 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले आ.व.२०८१/०८२ मा एगासँग सहकार्य गरेर विभिन्न कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले कुनै पनि संस्था आँर्फैमा सानो वा ठूलो नहुने बताउँदै सो संस्थाले गर्ने कामका आधारमा त्यसको स्थान निर्धारण हुने बताए । परिषद्मा आवद्ध संस्थाबीच समन्वय गरेर पर्यटन क्षेत्रमा व्यवस्थापन सुधार्ने र व्यवसायी र राज्यबीच पुलको भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे ।

एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले पर्यटन प्रवद्र्धनमा एगाले महत्वपूर्ण भूमिका खेलेको बताउँदै सबैको साथ र सहयोगबाटै संस्थालाई माथि उठाउन प्रयास गरिएको बताए । संस्था स्थापना दुई दशकदेखि भए पनि नेपालको पर्यटकीय प्रचारप्रसारमा एगाको भूमिका तीन दशकदेखि नै भएको उनले स्पष्ट पारे ।

सदस्यहरूको क्षमता अभिृबद्धि समेतको उद्देश्य राख्दै एगाका सदस्यहरूले यही साउन १० गतेदेखि इन्डोनेशिया र भियतनाम लगायतका स्थानको भ्रमणसँगै त्यहाँका गार्मेन्ट उद्योगहरूको भ्रमण गर्ने भएको उनले जानकारी दिए ।

एगाका निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद भण्डारीले पोखरालाई हरेक तवरले पर्यटनसँग जोड्नुपर्ने भन्दै यसतर्फ राज्यका निकायले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष एवम् पोखरा भ्रमण वर्ष कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराईले पर्यटन प्रवद्र्धनका लागि नारा मात्र नभै दीर्घकालीन योजना आवश्यक रहेको बताए ।

एगाका सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जीवि पोखरेलले सबै एकै ठाउँमा बसेर पर्यटन क्षेत्रका समस्या बारे छलफल गर्दै समाधानमा जोड दिनुपर्ने बताए । कालीगण्डकी करिडोरले पोखरामा पर्यटक आगमन शून्य हुन सक्नेतर्फ सचेत गराउँदै उनले यसतर्फ बेलैमा ध्यान दिन आवश्यक रहेको धारणा राखे ।

एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षता एवम् सचिव माया सुवेदीको सञ्चालन रहेको कार्याक्रममा स्वागत उपाध्यक्ष गीता ढकाल पौडेलले गरेकी थिईन् भने सचिव सुवेदीले संस्थाको वार्षिक प्रतिवेदन पेश गरेकी थिईन् ।

कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, पर्यटन विज्ञ दीपेन्द्र पहारी, संस्थाका सद्भाव सदस्य गोविन्दप्रसाद अधिकारी, रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेल लगायतले विभिन्न सामाग्रीका माध्यमबाट एगाले नेपालको पर्यटनलाई विश्वमाझ चिनाउन महत्वपूर्ण योगदान गरेको धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद भण्डारी, उत्कृष्ट पसल सजावट गर्ने व्यवसायी रामहरि भट्ट, विभिन्न कार्यक्रमका संयोजकहरू रमेश सुवेदी, माया सुवेदी, सुशिल ढकाल, गीता ढकाल लगायतलाई सम्मान गरिएको थियो ।

36Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected